सोमबार ०९ जेठ २०७९

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले का’लो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा रा’हु, केतु जस्तै शनिको द’शाले पनि अशु’भ हुन्छ । यसको दो’ष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उ’र्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछन् । शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ । यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् । जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नु पर्छ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।

शनिबार का’लो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ । हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

 

सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आराधना गरिन्छ ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ । सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । १. सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ । यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

२. दा’म्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । ३. बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

४. सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ । ५. ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहोस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ ।

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया