बुधबार २४ जेठ २०८०

चितवन / भरतपुर महानगरपाकिलामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नगर्ने अडान जारी राखेका छन् । सत्ता गठबन्धनको तर्फबाट माओवादीबाट रेणु दाहालले उम्मेदवारी दिए पनि त्यसका विरुद्धमा पौडेलले उम्मेदवारी दिएका थिए ।

कांग्रेसका केन्द्रदेखि जिल्लाका नेताहरुले गरेको आग्रहलाई अस्विकार गर्दै उनले निर्वाचन लड्ने बताएका छन् । जगन्नाथ पौडेललाई उम्मेदवारी गराउन गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री नै चितवन आएका थिए । केन्द्रका नेताहरुको बारम्बार फोन आए पनि पौडेलले त्यसलाई अस्विकार गरेर निर्वाचनमा होमिएका छन् ।

अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता-कार्यकर्ताले पौडेललाई उम्मेदवारीबाट पछि नहट्न बारम्बार प्रयास गरेका थिए । कार्यकर्ताको भावना वि’प’रित नेतृत्वले निर्णय गरेको भन्दै उनले अ’स’न्तुष्टी पोखेका थिए ।

आज ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि निर्धारित समयमा पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । राष्ट्रियसभाका पूर्व सांसद पौडेल आफ्नो पार्टीबाट भने नि’ष्का’शित भएका छन् । उनीसँग उनका प्रस्तावक रहेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेल पनि का’र’बाहीमा परेका छन् ।

केन्द्रीय कार्यालयले उम्मेदवारी फिर्ता नलिए स्वतः कारबाही हुने जनाएको थियो । पार्टीको विधानको दफा ४ को १३ को स्वतन्त्र उम्मेदवार बनेका पौडेलसहित साधारण सदस्यसमेत नरहने गरी स्वतः निष्कासन हुने विज्ञप्तिमा जनाइएको छ । अन्नपूर्ण पोष्ट बा’ट ।

४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया