आइतबार १७ मंसिर २०८०

काठमाडौं/ अध्यक्ष केपी ओलीको एकल निर्णयबाट अरुसङ्गै बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीको कार्यशैलीले अराज’कताको परा’काष्ठा नाघेको बताउनुभएको छ ।

केही समयअगाडि ओलीले एकलौटी ढंगबाट इश्वर पोख्रेलबाहेकका सबै पदाधिकारीलाई खो’सुवा गरेपछि गौतमले यस्तो प्रति’क्रिया दिनुभएको हो ।

उहाँले ओलीले फा’सीवा’दी चरित्र देखाएको पनि बताउनुभयो। ‘यो पार्टी संचालनमा फा’सीवा’दी चरित्र हो । अराज’कताको परा’काष्ठा नाघ्यो’,गौतमले भन्नुभयो, ‘ओलीको निर्णयले कम्युनिष्ट भन्न पनि ला’ज लाग्ने स्थिति बन्यो ।

‘ओलीले शुक्रबार एकलौटी निर्णय गर्दै आफ्नो गुटका महासचिव ईश्वर पोखरेलबाहेक सबै पदाधिकारी हटाउनुभएको थियो । गौतमले ओलीकै कारण एमालेलाई अब कम्युनिष्ट पार्टी भन्न नसकिने स्थिति बनेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

‘अहिलेसम्म कम्युनिष्ट पार्टीको नेता भन्न चैं सकिने स्थिति थियो । कम्युनिष्ट पार्टीका सबै सिद्धान्तहरु परित्याग गरेपछि उनलाई अब कसरी कम्युनिष्ट पार्टीको अध्यक्ष भन्ने ? गौतमले प्रश्न गर्नुभयो ।

९५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया