
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन् । बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै अध्यक्ष ओलीले स्वागत गर्ने बताएका हुन् ।
‘एमालेले जारी गरेको घोषणा पत्र र प्रतिबद्धताहरुको वि’रु’द्धमा बह’समा उत्रिन चाहन्छ भने हामी स्वागत गर्न चाहन्छौं,’ उनले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने ।
तर ट्युसन क्लास दिन आउने गगनलाई नयाँ र सिकारु नेता भि’डा’उने जवाफ ओलीले दिए । ‘कोही ट्युसन क्लासहरु चलाउन तयार छन् भने हाम्रो लागि ठूलो कुरा होइन,’ उनले भने, ‘भर्खर भर्खर पास गरेका थुप्रै जना छन् । हामी भि’डादिउँला । हामी ब’ह’स गराइदिँउला ।’
उनले नेपाली कांग्रेसको विचार शून्य रहेको र पुग्नु कहीँ नभएको बताए। ‘वैचारिकरुपले कुहिराका काग भएको छ । त्यसको उद्देश्य हुन्छ पेट भर्ने । नेपाली कांग्रेस त्यतिमा झरेको देख्दा टि’ठ लाग्छ,’ उनले भने ।
प्रचण्ड र प्रकाशमानलाई ओलीको क’टाक्ष : एमालेले कसैको छोरी र श्रीमती बोक्दैन : पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको कसैको छोरी र श्रीमती बोक्ने पार्टी नभएको बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले छोरी र श्रीमतीलाई मेयरको उम्मेदवार बनाएका माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता प्रकाशमान सिंहतर्फ क’टा’क्ष गर्दै भने, ‘एमालेले कसैका श्रीमती र कसैका छोरीको लागि हिँडेको पार्टी होइन । महिला उम्मेदवारी दिँदा श्रीमती र छोरी त परिहाल्छ भन्लान् । मैले धेरै भन्दिन जनता आफैँले फैसला गर्लान् ।’