
काठमाडौं, १५ वैशाख / गायक प्रमोद खरेलले आफू ग’म्भीर सवारी दु’र्घ’टनामा परेको जानकारी दिएका छन् । उनी सवार कार गए राति तुलसीपुरमा दु’र्घ’टनामा परेको हो । गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमको लागि नेपालगञ्जमा अवतरण गरेका थिए ।
दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि सहभागी हुन होटेलमा जाने क्रममा बुधबार साँझ आयोजकले चलाएको कार ग’म्भीर दु’र्घ’टनामा परेको उनले बताए । दु’र्घ’टनामा परेपछि बे’हो’स भएका गायक खरेलको करीब १ घण्टापछि मात्र होस खुलेको बताएका छन् ।
रा’ति नै डिस्चार्ज भएर गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार बाहिरी चो’ट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुने क्रममा रहेको गायक खरेलको भनाइ छ ।
दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकडिङसहितका सबै कार्यक्रम स्थगित गरेका छन् । यसबारे जानकारी दिँदै गायक खरेल आफैंले फेसबुकमा यसरी लेखेका छन् :
एउटा अर्को यु’द्ध जीन्दगीसँग : काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजकले चलाएको कार ग’म्भी’र दु’र्घ’टना मा पर्यो ।
कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दु’र्घ’टना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ । त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन । गाड़ी को Air bag र seat belt ले ज्या’न जो’गा’एछ ।
सँगैका दुइ आयोजक भाइहरु र’ग’ताम्य देख्दा छन् मन झनै ड’रा’यो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगेँ । काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु ।
बाहिरी चो’ट भएपनि internal problem सबै नेगेटिभ आएको छ । बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु ।
आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाबमा फेरि एकपटक भगवानले हात थामिदिनु भएको छ । उपचारमा सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु ।