आइतबार २१ जेठ २०८०

काठमाडौं / सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो ।

सरकारको सोही निर्णयलाई कार्यन्वयन गर्दै निजी तथा सरकारी विद्यालयहरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ ।

प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए । उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ ।

यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ । शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन ।’

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाएको थियो । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ ।

८२० पटक हेरिएको

तपाईको प्रतिक्रिया