
काठमाडौं / सरकारले गणतन्त्र दिवसका अवसरमा ६० प्रतिशतसम्म कै’द छुट दिएर कै’दीलाई छाड्ने तयारी गरेको छ । ०७५ भदौयता ५० प्रतिशत कै’द भुक्तान भएकालाई मात्र छाड्ने गरिएकोमा हाल ४० प्रतिशत मात्र कै’द भुक्तान गरिएकालाई पनि छाड्ने प्रक्रिया अघि बढाइएको छ ।
सर्वाे’च्च अदा’लतको फैस’लाका आधारमा ६० प्रतिशतसम्म कै’द छुट दिन लागिएको का’रागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए । १ भदौ ०७५ अगाडिको अ’प’राधमा जे’ल परेकालाई पुरानै का’नु’न लागू हुने सर्वाे’च्चको फैसलाअनुसार नका’रात्मक सूचीमा नरहेका र ४० प्रतिशत कै’द भुक्तान गरेका कै’दीलाई गणतन्त्र दिवसका अवसरमा बाँकी कै’द मा’फी दिएर छा’ड्न लागिएको उनले बताए ।
फौ’जदारी क’सु’र (स’जा’य तथा कार्यान्वयन) ऐ’न लागू हुनुभन्दा अघि का’रागार नियमावलीमा ६० प्रतिशतसम्म कै’द छुट हुने प्रा’वधान थियो । १ भदौ ०७५ देखि लागू भएको सो ऐ’नले ५० प्रतिशतसम्म मात्र छुट दिने प्रा’वधान लागू गरेको थियो । सोहीअनुसार त्यसयता नका’रात्मक सूचीमा नपरेका र ५० प्रतिशत कै’द भुक्तानी भएकालाई कै’दकट्टा तथा मा’फी मि’नाहा दिँदै आइएको छ ।
सर्वाे’च्चले पुराना का’नुनअनुसार नै कै’द क’ट्टा तथा मा’फी मिनाहाको प्रावधान लागू गर्न सरकारको नाममा पर’मादेश दिएको छ । कर्त’व्य ज्या’न मु’द्दाका कै’दीद्वय मोहन रानामगर र महेश पराजुलीले दा’यर गरेको मु’द्दामा सर्वाे’च्चका न्या’याधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इ’जलासले गत ३ फागुनमा यस्तो परमा’देश दिएको हो ।
फै’सलामा भनिएको छ, ‘का’रागार नियमावली, २०२० को नियम २९ (१) मा असल चालचलन भएका कै’दीलाई तोकिएको कै’दको सजा’यमा बढीमा ६० प्रतिशतसम्म कै’दको छोट्याउन सकिनेछ भन्ने व्यवस्था भएको पाइन्छ भने नियम २९ (१) मा कै’द छोट्याउन नसकिने क’सुरको सूचीमा ज’न्मकैदको क’सुर समावेश भएको नदेखिएकाले र यी निवेदकले हालसम्म ४० प्रतिशतभन्दा बढी कै’द भुक्तान गरिसकेको भन्ने देखिँदा निजहरूको हकमा का’रागार नियमावली, २०२० कै प्रा’वधान लागू हुने देखियो ।’
यसअघि गोपाल सिवाकोटी चिन्तनले दा’यर गरेको रिटमा पनि स’र्वाेच्चले यस्तै फै’सला गरेको थियो । सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले क’सुर गर्दाको अवस्थाकै का’नुन लागू हुने फै’सला १९ साउन ०७७ मा गरेको थियो ।
तर, फै’सला र का’नुन बा’झिएको भन्दै सो फै’सलाअनुसार कै’द छुट दिइएको थिएन । हाल भने कै’दीहरूको द’बा’बमा ६० प्रतिशतसम्म कै’द छुट दिन लागिएको हो । जसअनुसार गणतन्त्र दिवसमा करिब सात स’य कैदी छुट्नेछन् ।
असल चालचलन भएका र ग’म्भीर किमिसका अप’राधमा सं’लग्नबाहेकका कै’दीलाई कै’द छुटको व्यवस्था छ । ग’म्भीर किसिमको अ’प’राध भनेर २० थरी अ’परा’धलाई न’का’रात्मक सूचीमा राखिएको छ । ते’जा’ब आ’क्रमण, ज’ब’र्जस्ती क’र’णी, भ्र’ष्टाचार, मानव बे’च’बिखन, अ’प’हरण, ला’गु’औषध, संगठित अ’प’राध, सम्पत्ति शुद्धीकरण, मानवता’वि’रुद्धको अ’प’राध, क्रू’र या’तना तथा अ’मा’नवीय व्यवहारमा स’जा’य भएको तथा ज’न्मकैद पाएको कै’दीले कै’द छुट पा’उँदैनन् ।
त्यसैगरी, रा’ज्यविरुद्धको क’सुर, यु’द्ध अ’पराध, वि’ध्वंसात्मक र बा’ल’बालिकाविरुद्धको यौ’न शो’षण तथा हिं’सा, कै’दबाट भा’गे–भ’गाएको, भन्सार चो’री निकासी, जा’सुसी, वन्यजन्तुसम्बन्धी र पुराताŒिवक वस्तुसम्बन्धी अ’पराधमा सं’लग्न कै’दीले पनि कै’द छुट नपाउने व्यवस्था छ ।
त्यसबाहेकका अ’प’राधमा सं’लग्न र असल चालन भएका कै’दीलाई का’रा’गार प्रमुख र प्रमुख जिल्ला अधिकारी तथा का’रागार व्यवस्थापन विभागका महानिर्देशकको सिफारिसमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, दसैँ तथा महत्वपूर्ण पर्वको अवसर मा’फी मिनाहा दिने चलन छ ।
तर, न्यूनतम कै’द भुक्तान गरेका र न’का’रात्मक सूचीमा नभएका सबैलाई एकमुस्ट रूपमा कै’द मा’फी दिँदा कतिपय व्यक्तिहरू पछि फेरि अ’प’राधमा लाग्ने गरेका छन् । मा’फी मि’ना’हाको प्रा’व’धानले शान्ति सुरक्षामा चु’नौती बढेको प्रहरी अधिकारीहरू बताउँछन् ।
जे’लले थेग्नै नसकेको भन्दै का’रा’गारका अधिकारी भने सकेसम्म धेरै कै’दी छा’ड्ने प्रयत्नमा लाग्ने गरेका छन् । का’रागार व्यवस्थापन विभागले ४० प्रतिशत कै’द भुक्तान गरेका र न’का’रात्मक सूचीमा नभएका कै’दीहरूको कै’द माफी मिनाहाका लागि सिफारिस पठाउन सबै का’रागारलाई पत्राचार गरेको छ ।
यसअघि गत वर्ष पनि केपी ओली नेतृत्वको सरकारले फौ’जदारी क’सुर (कै’दकट्टा) नि’यमावली सं’शोधन गरी ज’न्मकैद पाएका तथा ब’हु’विवाह मु’द्दाका कैदीलाई पनि कै’द माफी मिनाहा गरेको थियो । नयाँ का’नुनअनुसार ज’न्मकैद पाएका नछुट्ने भए पनि पुरानो का’नुनअनुसार ज’न्मकैद पाएकाहरूले विगतमा यस्तो सुविधा पाएको आधारमा नियमावाली नै सं’शो’धन गरिएको थियो ।
का’रागारभित्र काम गर्ने कै’दीलाई कै’द छुट दिने तयारी
कारागारभित्र विभिन्न प्रकारका श्रममा लाग्ने कै’दीलाई कै’द छुट दिन का’रा’गार व्यवस्थापन विभागले अध्ययन थालेको छ । यसका लागि विभागले सोमबार उपसचिव झंकनाथ ढकालको अध्यक्षतामा ‘का’रा’गारमा कामदारी सुविधासम्बन्धी कार्यविधि’ बनाउन अध्ययन समिति बनाएको छ ।
केन्द्रीय का’रा’गारमा रहेको कारखानामा काम गर्ने कै’दीले एक महिना काम गर्दा ज्याला पाउनुका साथै पाँच दिन कै’द छुटको सुविधा पाउँछन् । केन्द्रीय का’रागारबाहेक अन्यत्र यस्तो सरकारी उद्योग छैनन् । तर, अन्य का’रागारमा पनि विभिन्न किमिसका काममा कै’दीहरू आबद्ध छन् । उनीहरूलाई समेत यस्तो सुविधा दिलाउन सुझाव समिति गठन गरिएको का’रागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले बताए ।
कै’दी–ब’न्दीलाई श्रमतर्फ प्रोत्साहित गरी सुधार्न पनि केन्द्रीय का’रा’गार उद्योगबाहेकका का’रा’गारमा श्रम गर्नेलाई समेत कै’द छुटको सुविधा दिनेबारे छलफल थालिएको उनको भनाइ छ । हाल देशभरका जे’लमा करिब २५ हजार कै’दी–ब’न्दी छन् । का’रा’गारको क्षमताभन्दा झन्डै दोब्बर कै’दी’ब’न्दी भएकाले अधिकांश जे’लमा समस्या छ । नयाँ पत्रिका बा’ट ।