शुक्रबार १९ जेठ २०८०

काठमाडौं / सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार ३४० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९९ डलर आसपास कारोबार भइरहेको छ ।

यो पनि :- गभर्नर अधिकारीको मुद्धा सुनुवाइ नभएपछि हेर्दाहेर्दैमा, अर्काे पेशी बिहीबार

काठमाडौं / गभर्नर महाप्रसाद अधिकारीको रि’ट हेर्दाहेर्दैको सूचीमा राखिएको छ । गभर्नर सर्वाेच्च अदा’लतमा अधिकारीले दायर गरेको रिट मंगलबार सुनुवाइ नभएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सरकारले छानबिन अघि बढाएपछि निलम्ब’नमा परेका गभर्नर अधिकारीले आफूमाथि छानविन कार्य रो’क्न भन्दै बैशाख ५ गते सर्वाेच्चमा मु’द्धा दायर गरेका थिए । बैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छानबिन रो’क्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

साथै, बैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि सर्वाेच्चले बोलाएको थियो । मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासले मु’द्धाको सुनुवाई गर्न नसकेपछि मु’द्दा हेर्दाहेर्दैमा राखेको थियो । अर्को पेसी बिहीबारका लागि तोकिएको छ ।

१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया