
नुवाकोट / पार्टीले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले दल त्यागेका छन् ।
उनीहरुले पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन् । उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिएका हुन्।
२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षिय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन् । कांग्रेस कार्यकर्ताभन्दा नेतामुखी भएको उनीहरुको भनाई छ ।
यो पनि : बागीको लगत संकलन गर्दै कांग्रेस : फिर्ता नलिए पार्टीबाट निष्कासनको तयारी :
काठमाडौं / यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । गठबन्धनबाट आइतबार र सोमबार देशभरका अधिकांश स्थानीय तहमा साझा उमेदवारी दर्ता गराइयो । तर, कतिपय स्थानीय तहमा गठबन्धनको विपक्षमा उभिँदै नेपाली कांग्रेसबाट बागी उमेदवारी परेको छ ।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र भन्दै बागी उमेदवारी दर्ता गराए । केन्द्रले गठबन्धनमा जाने निर्णय गरेदेखि नै चितवन कांग्रेसमा चरम असन्तुष्टि सार्वजनिक भएको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जिल्लाले चाहेर केही हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि त अस’न्तुष्टिको पारो अझ च’ढेको थियो ।
स्वतन्त्र उमेदवारी दिएका पौडेलले कांग्रेसको झन्डा र नारासहित आफू जनताको भोट माग्न मैदानमा उत्रने बताएका छन् । “हिजो सडकमा मान्छे सागर बनेर उर्लिए, त्यसलाई थेग्न मलाई गाह्रो छ । त्यसकारण उमेदवारी फिर्ता गर्ने भन्ने प्रश्नै हुँदैन,” पौडेलले भने, “म तयारी गरिरहेकै छु, । मसँगै कार्यकर्ताले पनि तयारी गरेर चुनाव जित्ने आधार बनाइरहेका छन् ।”
तपाईंको उमेदवारी फिर्ता लिन पार्टीबाट दबाब भइरहेको होला नि भन्ने प्रश्नमा उनले त्यस्तो कुरा स्वाभाविक रूपमा भइरहेको बताए । “राज्य र उनीहरूको शक्ति प्रयोग गरेर गर्न सक्नेजति काम उनीहरूले गर्ने भइहाले । तर, म त्यति सजिलै गल्ने मान्छे हैन,” पौडेलले भने ।
यता, कांग्रेसले प्रमुख छाडेको काभ्रेका दुई पालिका र उपप्रमुख छाडेको पाँचखाल नगरपालिकामा कांग्रेस नेताले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । जिल्लाका १३ मध्ये सत्ता गठबन्धनमा तालमेल गर्दा चार नगरपालिकासहित सात पालिकाको प्रमुख र दुई नगरपालिकासहित ६ पालिकाको उपप्रमुख कांग्रेसको भागमा परेको थियो ।
पार्टीका धुलिखेल नगरपालिकाका नगर सभापति विदुर बस्नेतले नै गठबन्धनका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । यस्तै, मन्डनदेउपुर नगरपालिकामा नगर उपसभापति टेकनाथ ढकाल र अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाटै वडाध्यक्षमा निर्वाचित १२ नम्बर वडाका वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले गठबन्धनका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उमेदवारी दर्ता गराएका उनीहरू जिल्लामा आफू बागी उमेदवार नभई कांग्रेसको आधिकारिक उमेदवार भएको बताउँछन् । पार्टीले उमेदवारी दिएन भन्दैमा कार्यकर्ताले अर्को पार्टीमा भोट नहाल्ने उनको जिकिर छ । “बीपी कोइरालाले नेपाली कांग्रेसको सिद्धान्तलाई छोडेर अरूको सिद्धान्तसँग कहिल्यै सम्झौता नगर्न भनेका थिए, हामी त्यसैका अनुयायी हौँ,” मन्डनदेउपुरको नगर प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका पराजुलीले भने, “अहिले पार्टीले बीपीको विचारलाई तिलाञ्जली दियो । वर्षाैँदेखि कांग्रेस भनेर लागेको कार्यकर्तालाई पार्टीले गठबन्धनका नाममा धो’का दिएको छ । ती कार्यकर्ताको चाहना र गठबन्धन गर्ने कांग्रेसको नेतृत्वलाई पाठ सिकाउन मेरो उमेदवारी हो ।”
धुलिखेल नगरपालिकाको प्रमुखमा बागी उमेदवारी दर्ता गराएका नगर सभापति बस्नेत नगर कांग्रेसमय बनाउन र एमालेलाई हरा’उन आफूहरू मात्र सक्षम भएकाले पार्टीको आधिकारिक उमेदवार बनेको बताउँछन् । “न्यून भोट भएको समाजवादीसँग नगर प्रमुखमा गठबन्धन भयो, समाजवादीलाई गठबन्धनसँग लिएर हिँड्दा कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी एमालेलाई ह’राउन सक्ने अवस्था देखिएन,” उनले भने ।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा पनि कांग्रेस महासमिति सदस्य प्रमिला सुवेदी आचार्यले उपप्रमुखमा स्वतन्त्र उमेदवारी दिएकी छन् । पार्टीले अरूको उमेदवारलाई प्रदेशबाट समर्थन जनाए पनि जनताले अर्को पार्टीलाई भोट नहाल्ने भएकाले कांग्रेसको अस्तित्व जोगाउन आफूले उपप्रमुखमा उमेदवारी दिएको उनको भनाइ छ ।
स्वतन्त्र उमेदवारले जेजस्ता दाबी गरे पनि कांग्रेस भने उनीहरूलाई पहिला चेतावनी दिने त्यसपछि कारबाही गर्ने तयारीमा छ । कांग्रेसका नेता–कार्यकर्ताले देशभर गठबन्धनविरुद्ध कति स्थानमा बागी उमेदवारी दर्ता गराए भन्ने पार्टीसँग यकिन तथ्यांक छैन । त्यसैले पार्टीले अहिले तथ्यांक संकलन गरिरहेको सानेपा स्रोत बताउँछ । जसका लागि पार्टी केन्द्रीय कार्यालयलाई शीर्ष नेतृत्वबाट निर्देशन प्राप्त भइसकेको छ ।
“हामीलाई जिल्लाहरूसँग बागीको तथ्यांक माग्न निर्देशन भएको छ । तथ्यांक संकलनमा जुटिरहेका छौँ । जिल्लाहरूले पठाएपछि उनीहरूलाई उमेदवारी फिर्ताको अवसर दिइनेछ,” पार्टीका कार्यालयका एक सचिवले भने, “फिर्ता नलिनेलाई अनुशासन समितिले आवश्यक कारबाही गर्नेछ ।”
उमेदवारी मनोनयन सम्पन्न भएसँगै कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै छ । अनौपचारिक तहमा हुने बैठकको उद्देश्य पनि ७५३ स्थानीय तहमा उमेदवारी दर्ताको विवरणमा छलफल गर्नु हो । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको समितिले बागी उमेदवारको विषयमा पनि छलफल गर्नेछ ।
सहमहामन्त्री बद्री पाण्डे बागी कति उठे भन्ने यकिन तथ्यांक समितिलाई प्राप्त भइनसकेको बताउँछन् । तथ्यांक प्राप्त भएपश्चात् बागी नेता–कार्यकर्ताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निर्वाचन परिचालन समितिले छलफल गर्ने उनको छ ।
“वडादेखि नै तथ्यांक संकलन गर्ने काम भइरहेको छ । बागी नेता–कार्यकर्ताहरूलाई कसरी मनाउने फकाउने भन्ने विषयमा हामी निर्वाचन परिचालन समितिमा छलफल गर्छौँ,” उनले भने, “पहिले तथ्यांक हेरौँ अनि रणनीति बनाउँछौँ ।”
कांग्रेसको विधानमा बागी उमेदवारलाई का’रबाही गर्नेसम्बन्धी स्पष्ट व्यवस्था छ । पार्टी विधानको धारा ३४ १ (घ) मा ‘पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवार’वि’रुद्ध उमेदवार भएमा वा त्यस्तो उमेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उमेदवारका वि’रुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वि’रोध गरेमा वा असह’योग गरेमा’ कार’बाही हुने उल्लेख छ ।
यस्तै, ३४ ८ (घ) मा ‘अनुशासन भं’ग गर्ने निकाय वा पदाधिकारी वा सदस्यमाथि का’रबाही वा जिल्ला वा प्रदेश अनुशासन समितिको निर्णयमा पुनरवेदन निर्णय गर्दा नियमावली र आचार’संहिताअनुसार क’सुर हेरी सम्झाउने, चे’तावनी दिने, निल’म्बन वा निष्कासन गर्ने । त्यस्तो कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई पनि वञ्चित गरिने छैन’ भनी लेखिएको छ भने ८ (ङ) ‘निल’म्बन गर्दा बढीमा एक वर्ष र निष्कासन गर्दा बढीमा पाँच वर्षका लागि गर्न सकिने’ उल्लेख छ ।
स्थानीय तह निर्वाचनमा नेता–कार्यकर्ता तथा उमेदवारले आचारसंहिता पालना गरे÷नगरेको नि’रीक्षण तथा वि’धान कार्यान्वयन गर्न भन्दै पार्टीमा आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति पनि गठन गरिएको छ । जसको नेतृत्व केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले गरेका छन् ।
नेता विश्वकर्मा योपटक तालमेल र टिकट वितरणमा देखिएको अस’न्तुष्टिका कारण बागी उठ्ने उमेदवारको संख्या बढी भएको जि’किर गर्छन् । वैशाख १६ गतेसम्म उमेदवारी फिर्ता लिन सकिने भएकाले सोहीबमोजिम कार्य गर्न बागी उमेदवारहरूलाई उनको आग्रह छ ।
“टिकट वितरण र गठबन्धनको विरुद्ध देखिएको मतले बागी उमेदवारहरूको संख्या अघिल्लो चुनावमा भन्दा बढी भएको हुनसक्छ,” उनले भने, “अहिले पनि म साथीहरूलाई फोन सम्पर्क गरेर उमेदवारी फिर्ता लिन अनुरोध गरिरहेको छु । साथीहरूले विचार पु¥याउन अनुरोध गरिरहेको छु ।”
१६ गते बेलुका ५ बजेभित्र उमेदवार फिर्ता नलिए के हुन्छ त भन्ने प्रश्नमा उनले बागी उमेदवारलाई साधारण सदस्य पनि नरहेन गरी कार’बाही गर्ने विधा’नको अधिकार भएकाले सोहीबमोजिम पार्टीले क’ठोर निर्णय लिने बताए ।