
भुइँमा बस्नसम्म पनि छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।
पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झु’टो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं ।
दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हा’नि पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पी’डा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि सम’स्याले स’ता’उँदैनन् ।
कम्मर दु’ख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।
काँध र गर्दनमा पी’डा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झु’के’र हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।
शरीरमा सही र’क्त’सञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दि’मागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।
दिनभरिको थकान र त’ना’वलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भा’ग्छ ।
बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दु’ख्नेको साटो ताजापन अनुभव हुन्छ । शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ ! एजेन्सी ।