शनिबार २३ मंसिर २०८०

कञ्चनपुर/ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ की १९ वर्षीया सुत्केरी महिलाको शल्यक्रिया पश्चात मृ’त्यु भएपछि मृ’तकका आफन्त आन्दो’लनमा उत्रिएका छन् ।

बुधबार राति प्रसुति बेथा लागेपछि महाकाली अस्पताल पुर्याइएकी ज्योति सुनारको उपचारको क्रममा मृ’त्यु भएपछि आफन्त आन्दोेलनमा उत्रिएका हुन् । महिलाको उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै न्याय माग्न मृ’तकका आफन्तहरुले महाकाली अस्पतालको गेटमा ध’र्ना समेत दिएका थिए ।

अस्पताल ल्याउँदा सुत्केरी बेथा मात्र रहेको र डाक्टरले अपरेशन गर्दा गडबडी गरेकोले मृ’त्यु भएको आफन्तको भनाइ छ ।

सुत्केरी महिलाको उच्च रक्तचाप रहेको र मृगीको कारण कलेजो र किड्नीमा असर पारेकाले मृ’त्यु भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णादत्त जोशीको भनाइ छ ।

मृ’तक सुनारको श’व बिहीवारदेखि महाकाली अस्पतालमै रहेको छ भने आफन्तले बालकको पालनपोषण र क्षतिपूर्तिको माग गरेका छन् । (news24 nepal बाट)

११५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया