
प्राय सबैले अनुभव गरेका हुन्छौं होला, कहिलेकाहीँ हाम्रो आँखा अ’चा’नक फर्फराउन थाल्छ । हाम्रो समाजमा आँखा फर्फराउनुलाई शुभ अशु’भ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशु’भ हुने विश्वास गरिन्छ ।
तर यो अ’न्ध’विश्वास मात्र हो । आँखा फर्फराउनका लागि कुनै एकमात्र कारण छैन । त्यसरी आँखा फर्फराउनु कुनै शुभ वा अशु’भको संकेत भन्ने होइन । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । मांसपेशी हरु संकुचित हुनेपनि विभिन्न कारणहरू रहेका छन् । यसका केही कारणबारे जानिराखौं :
१. थ’कान र त’ना’वका कारण आँखा फर्फराउँछ । तना’व कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । २. धेरै मा’प’से गर्दा पनि आँखा फर्फराउँछ ।
३. चिसो मौसमको कारणले पनि आँखा फर्फराउँछ । चिसोका कारणले आँखाका मांसपेशीहरू खुम्चिने भएकाले यस्तो भएको हो ।
४. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । आँखालाई प्रकाश कम वा बढि भएर मांसपेशी खुम्चिन गई त्यस्तो भएको हो ।
कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा
त्यसैगरी निरन्तर फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।