
काठमाडौं / नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाले पहिलो महिला मेयर पाउने दाबी गरेकी छन् । राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिर्जनाले काठमाडौंमा परिस्थिति बदलिएको र कम्युनिस्टको झु’टा कुरामा मतदाताले विश्वास नगर्ने बताइन् ।
एमाले उम्मेदवार केशव स्थापितले दोब्बर मतले जित्ने दाबी गरेको र गठबन्धन उम्मेदवारले जतिसक्दो कम मत ल्यायो आँकडा त्यसमै दोब्बर ल्याउने दाबी गरेकोमा त्यसमा जवाफ दिँदै सिर्जनाले भनिन्, ‘कसले दोब्बर मतले हराउँछ यो त वैशाख ३० गते देखिहाल्नु हुन्छ । महिला दिदीबहिनीहरु काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ भनेर यति धेरै उत्साहित हुनुहुन्छ। वैशाख ३० गते यो देखिन्छ ।’
विगतमा झु’टको सहारामा कम्युनिस्टले जिते पनि अब काठमाडौंमा परिस्थिति बदलिएको उनको भनाइ छ । ‘उहाँहरु झु’टा कुरा गर्न माहिर हुनुहुन्छ । कांग्रेस झु’टा आश्वासन दिँदैन । गर्न नसक्ने कुरा गर्छु भन्दैन । सबैले देखिसकेको छ । काठमाडौंमै हेर्नुस् ठूल्ठूलो नाराहरु उहाँहरुले दिनुभयो, तर कति पूरा भयो ? सबै खुला किताबजस्तै छ । यो सबै तोड्नलाई म आउँदैछु । सबैजना उत्साहित हुनुहुन्छ । विजयी गराउनुहुन्छ भन्ने विश्वस्त छु,’ उनले भनिन् ।
सिर्जनाले आफ्ना पति प्रकाशमानको बार्गेनिङमा टिकट पाएको कुरा अस्वीकार गरिन् । देउवालाई सघाएको गुनको बदलामा प्रकाशमानको बार्गेनिङले टिकट पाएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यो कुरा गलत हो। म गणेशमान सिंह र मंगलादेवी सिंहको बुहारी हो । प्रकाशमान सिंहको श्रीमती हो । यो लु’काएर छिप्ने कुरा होइन । प्रकाशमान सिंहसँग विहे गर्नुभन्दा पहिला नै मेरो राजनीतिमा योगदान छ ।’
देशमा प्रजातन्त्र स्थापना गर्न र महिलाहरुको उत्थानका लागि आफूले धेरै ठूलो सं’घर्ष गरेको र विहे गरेपछि पनि राजनीति नछोडेको उनले प्रष्टिकरण दिइन्। ‘तर मैले कुनै पद लिएर बसेको छैन । किनभने मेरो घरमा सबै राजनीति गर्ने हुनुहुन्थ्यो । पद लिएको थिएन तर मैले भातृ संगठनको महिला संघको सबै काम गरिरहेको थिए,’ उनले भनिन्, ‘म पार्टीको ११औं महाधिवेशनमा प्रतिनिधि थिए । १४औंमा पनि महाधिवेशन प्रतिनिधि छु । महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार भएर काम गरिरहेको छु । महिला उत्थान र सशक्तिकरणमा लागेको छु ।’
राजनीतिमा गरेको योगदान र सक्रियताका आधारमा टिकट पाएको उनको भनाइ थियो । सिंहले देशको राजधानी पनि भएको र नेपालको मु’टु पनि भएको काठमाडौलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीन गुरुयोजना ल्याउने बताइन् । ‘महिलाले घर जसरी सफा राख्छन्, त्यसैगरी काठमाडौंलाई सफा सुरक्षित व्यवस्थित बनाएर देखाउँछौं,’ उनले भनिन् ।