
काठमाडौं/ नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चलाई रहने हैसियत नभएको बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका नेता थापाले प्रधानमन्त्री अोली अब सरकार चलाउन छाडेर घर गए हुने बताउनु भएको हो ।
नेपाल शिक्षक संघ वागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताले चुनावको बेलामा दुई पार्टी मिलेर बनेको नेकपालाई विश्वास गरेर सरकारको म्यानडेड दिएको भएपनि ओलीले सरकारमा बसेर बदनियत देखाएको भन्दै उहाँले राज्य कब्जाको नियत छाडेर ओली घरतिर लागे हुने बताउनुभएको हो ।
प्रधानमन्त्री ओललीले जनताको जनमतलाई कदर गर्न नसक्दा देशमा अप्ठारो अवस्थाको सिर्जना भएको बताउदै उहाँले जनताको आशामा तुषारापात नल्याउनका लागि कांग्रेसको सरकार आवश्यक रहेको बताउनुभयो ।
नेता थापाले देशको राजनिति अवस्थालाई कम्युनिष्टहरुले संकटमा धकेलेको हुँदा यसको निकासका लागि पनि काँग्रेस सरकारमा जानुपर्ने बाध्यता भएको बताउनुभयो । नेपाली जनताले कम्युनिष्ट पार्टीलाई एउटा मौका दिएका थिए । तर त्यो मौका पाए पनि कम्युनिष्टहरुले देशलाई झनै संकटमा लगेर संविधानलाई नै संकटमा पार्ने काम गरेको आरोप समेत लगाउनुभयो ।