शुक्रबार १९ जेठ २०८०

काठमाडौं / सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झ’डप भएपछि उम्मेदवारी मनोनयन प्रक्रिया अवरु’द्ध भएको छ ।

मनोनयन दर्ताको अन्तिम दिन सोमबार टिकट पाएर उम्मेदवारी दर्ता गर्न जाने र टिकट नपाउने माओवादी कार्यकर्ताबीच झ’डप हुँदा प्रहरीले बा’ध्य भई अ’श्रूग्याँस प्र’हा’र गरेको छ ।

चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिइएपछि माओवादी कार्यकर्ता आ’क्रोशित बनेका थिए । माओवादी कार्यकर्ताले झ’ड’पका क्रममा तो’ड’फोड पनि गरेका छन् ।

स्थानीय समस्यालाई बुझ्नेभन्दा पनि काठमाडौं बस्नेलाई उम्मेदवारको टिकट दिइएपछि माओवादी कार्यकर्ताबीच झ’डप भएको बताइएको छ ।

यो पनि :- भरतपुरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता : चितवन / चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

भरतुरको निवर्तमान मेयरसमेत रहेकी दाहालले सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् ।

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ रहेको छ ।

७८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया