
काठमाडौं / सहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा हुने उच्चस्तरीय बैठकलाई सम्बो’धन गर्न मन्त्री झाँक्री शुक्रवार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।
उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता, सहसचिव विष्णुप्रसाद शर्माले जानकारी गराए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यु अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने छ ।
मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली र उप–महानिर्देशक दिलीप भण्डारी सहभागी हुनेछन् । मन्त्री झाँक्री १ तारिखमा स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको शर्माले जानकारी दिए ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।
सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्ब’न्धका विविध प’क्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ ।
नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवद्र्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता वि’श्वव्यापी विषयहरुमा छलफल भएको थियो ।
आजै परराष्टमन्त्री डा नारायण खड्कासँग पनि उक्त प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका बेला दुवै प’क्षले आर्थिक विकासलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए । दुवै प’क्षबीच नेपाल–अमेरिका मैत्री दुई प’क्षीय र बहु’प’क्षीय स्तरमा साझा चा’सोका मु’द्दाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक स’म्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुँदैछ । अमेरिकी सांसदको यो भ्रमणले दुई देशबीच संसदीय फाँटमा समेत आपसी स’म्ब’न्ध सुमधुर तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।