
काठमाडौं / नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षीय सम्बन्धमा छलफल भएको छ । काठमाडौंको एक होटलमा शनिबार भएको छलफलका क्रममा अमेरिकी संसद् सदस्यहरुले नेपालमा समृद्धिको आधार गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपालको जनजीविका र समावेशी बिकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको नेपाल–अमेरीका संसदीय समूहका संयोजक डा मिनेन्द्र रिजालले जानकारी दिए । जलवायु परिवर्तनको जो’खि’मसँग जु’ध्न र त्यसको जो’खि’म कम गर्ने बिषयमा पनि छलफल भएको उनले बताए ।
त्यस्तै अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाको भूमिकाको प्रसंसा गरेको थियो, भने एमसीसीको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल भएको रिजालले बताए ।
आगामी सोमबार नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुन लागको अवसरमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आएको हो । न्यूज 24 नेपाल बा’ट ।