सोमबार १५ जेठ २०८०

काठमाडौं, १० वैशाख / विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडहानोम गेब्रेयसयस र नेपाली हास्य कलाकार मनोज गजुरेलबीच भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका टेड्रोस र हास्य कलाकार गजुरेलबीच शुक्रबार ललितपुरको पाटन ढोकास्थित पाटन माध्यमिक विद्यालयमा भेट भएको हो ।

विश्वका बिभिन्न शक्तिशाली देशका नेताहरुका क्यारिकेचर गर्दै आएका गजुरेलले डब्ल्युएचओका प्रमुख टेड्रोसको समेत च्यारिकेचर गरेका थिए । को’रोना भा’इ’रसको प्र’भा’व विश्वभर परिरहेको समय देखि टेड्रोस चर्चामा छन् । को’रोनाको समयमा गजुरेलले उनको क्यारिकेचर गरेका थिए ।

शुक्रबार ललितपुरको पाटन ढोकास्थित पाटन माध्यमिक विद्यालयमा उनले टाइफाइड खोप कार्यक्रमको नि’रीक्षण गर्ने क्रममा उनले हास्य कलाकार मनोज गजुरेललाई पनि भेटेका हुन् ।

मनोजलाई देखेर टेड्रोस निकै खुसी देखिएका थिए । उनले नेपालमा साथी भेटेको प्रतिक्रिया समेत दिए । उनले क्यारिकेचर एकदमै राम्रो भएको भन्दै गजुरेलको प्रसंशा समेत गरेका छन् ।

गजुरेलले टेड्रोसलाई उपहार स्वरुप उनले क्यारीकेचर गरेका विश्वका चर्चित नेताहरुको तस्वीरलाई समेत फ्रेमिङ गरेर दिएका छन् । रिपोर्टर्स नेपाल बा’ट / तस्विरः मनोज गजुरेल । हेर्नुहोस् पूरा भिडियो :-

३६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया