शुक्रबार १९ जेठ २०८०

काठमाडौं, वैशाख १० / सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो । बैंकिङ प्रक्रिया झ’न्झ’टिलो हुने भएपछि उनी खडक – ७ का रामदेव साहु तेलीकहाँ पुगे ।

पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए । त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए । तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फि’र्ता गरिदिएका थिए ।

पछिल्लोपटक भने पासवानले तेलीबाट धो’का पाए । उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अ’दा’लतलाई गु’हा’र्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फे’ला परेका छैनन् ।

राजविराजबाट डेरा सर्दैसर्दै तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पी’डित छेदीलालसहित सातजना शुक्रबार दोस्रोपटक धरान आएका छन् । आफ्नो गुमेको सम्पत्ति कसरी फिर्ता गर्ने भन्ने चि’न्ताले उनलाई अहिले हरपल स’ता’इरहेको छ । यसकै कारणले उनी आफ्ना सबै काम छोडेर तेलीको खोजीमा लागेका हुन् । फिर्ता नागरिक दैनिक बा’ट ।

३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया