बुधबार २४ जेठ २०८०

धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १३ पछि मात्र अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयको निर्णय हुने बताएका छन् । कैलालीको धनगढी पुगेर प्रचण्डले पत्रकारहरुसँग यस्तो बताएका हुन् ।

उनले विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा भने, ‘यो विषय सुरुदेखि नै गभर्नर र सरकारबीचमा सम’स्याका रुपमा देखिएकै हो । अब अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो डिशिजन लिएको भन्ने कुरा पनि प्रष्ट छ । १३ गते अदालतले दुवैलाई बोलाएको छ । अ’दा’लतमा दुवैका कुरा आउँछन् ।

त्यसपछि मात्र वास्तवमा के भएको हो भन्न सकिन्छ । अहिलै नै ठ्याक्कै केही भन्न सकिँदैन ।’ ४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निल’म्बनमा परेका महाप्रसाद अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अ’दा’लतले खुलाइदिएको छ । सर्वोच अ’दा’लतले गर्भनर अधिकारी र सरकारी पक्षलाई १३ गते अ’दा’लतमा बोलाएको छ ।

गभर्नर अधिकारीलाई जिम्मेवारी पूरा गर्न दिनू भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आ’दे’श दिएपछि अर्थमन्त्रीमाथि राजीनामाको द’वा’व बढेको छ। अर्थमन्त्रीको राजीनामाको द’वा’व बढेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमै त्यस्तो निर्णय भएको बताएका हुन् ।

यस्तै उनले फरक सन्र्भमा वैशाख ३० गते नै निर्वाचन हुने बताएका छन् । ‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने ह’ल्ला चलाएका थिए । हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टु’ङ्गो लागिसकेको छ ।

अब त केही कन्फ्युज छैन होला ।’ उनले भने । सुदूरपश्चिम लगायत देशैभर सबै क्षेत्रमा तालमेल गर्ने र सहमति नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुनसक्ने उनको भनाइ छ ।

८७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया