शुक्रबार १९ जेठ २०८०

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आ’न्दोलनमा नयाँ र उत्साहपूर्णरुपमा ध्रुवीकरण प्रक्रिया सुरु भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा उनले यसअघि माओवादीबाट विभाजित भएर अलग बाटोमा लागेका हजारौँ नेता कार्यकर्ता पुरानै घरमा फर्केको बताए ।

उनले कम्युनिस्ट र पूर्वमाओवादी नेता कार्यकर्तालाई एकतामा आउन आह्वान गरे । ‘विभाजित भएका माओवादी शक्ति पुनःएकता हुनेक्रम बढेको छ, यो उत्साहपूर्ण छ, पूर्वदेखि पश्चिमसम्म एकताको लहर आएको छ,’ उनले भने, ‘ज’न’युद्धबाट प्राप्त उपलब्धिमाथि ख’त’रा पैदा भएको छ, परिवर्तनको उपलब्धिको रक्षाका लागि माओवादी एकताबद्ध हुनुपर्छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई क’म’जोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने ख’त’रा बढेको भन्दै उनले परिवर्तनका लागि त्या’ग, ब’लि’दान र कीर्तिमान गर्नेहरु एक ठाउँमा आउनुपर्ने बेला आइसकेको बताए । ‘परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिस्ट श’क्तिलाई विशेष रुपले अपिल गर्न चाहन्छु,’ उनले भने ।

परिवर्तनका मुद्दालाई स्थापित गर्न, ज’न’युद्ध, जन’आ’न्दोलन, मधेस आ’न्दो’लन र न्या’यपूर्ण आ’न्दोलनका स’हि’दका सपना पूरा गर्न परिवर्तनकामी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न आगामी निर्वाचनमा माओवादीले जित्नैपर्ने बताए ।

‘हामीले जि’त्दा राष्ट्रले जित्छ, जनताको जीत हुन्छ,’ उनले भने, ‘माओवादीले हा’र्दा प्रतिक्रा’न्तिकारीले जित्ने ख’त’रा हुन्छ, त्यसैले माओवादी र परिवर्तनकारीलाई जि’ता’उन जनता अग्रसर हुनुपर्छ ।’ अन्नपूर्ण पो’ष्ट बाट ।

३०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया