
काठमाडौं / अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।
अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् ।
उनको सो विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको पनि बताइएको छ ।
विवाह समारोहमा उनीहरूकै परिवारका सदस्य, केहि सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको थियो । विवाहलाई निकै गो’प्य राख्ने प्रयास गरिएको छ । वर्षाको विबाह पनि केकी र रेखा थापाको जसरी नै सुटुक्क भएको हो । विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी भएको स्रोतले जनाएको छ ।
एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । वर्षा त्यसअघि अमेरिकामा नै रहेका अर्का एक युवक र फिल्म लाइनका राज कटुवालसँग केही समय प्रेम सम्बन्धमा रहिन् भन्ने चर्चा चलेको थियो ।
‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।