बिहिबार १८ जेठ २०८०

भैरहवा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफैले भोट हालेको राजनीतिक दल र नेताका कारण दुःख पाएको बताएका छन् ।

विहीबार बुटवलमा राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनता आफैले भोट हालेर सत्तामा पु¥याएका राजनीतिक दल र तिनका नेताका कारणले दुःख पाएको बताएका हुन् ।

त्यस्तै उनले मतदाताले ठीक राजनीतिक दल र नेतालाई भोट नहाल्दा देश सं’क’टमा परेको टि’प्पणी गरेका छन् । राजाको पालामा २९ अर्ब रहेको विदेशी ऋ’ण अहिले बढेर १७ खर्ब पुगेको बताउँदै उनले संघीयता आएपछि नेता र जनप्रतिनिधि पाल्नको लागि जनतामाथि क’र र विदेशी ऋ’ण थुपार्दै लगिएका आरोप लगाए ।

देश बचाउने र देश बनाउने बाटोमा राप्रपा अघि बढेको अध्यक्ष लिङ्देनले बताउँदै देश र धर्म जोगाउनको लागि राप्रपालाई तीनै तहको निर्वाचनमा जि’ताउन आग्रह पनि गरेका छन् । स्थानीय तहको निर्वाचनमा कुनै गठबन्धनमा सामेल नभई एक्लै चुनाव ल’ड्ने बताउँदै अध्यक्ष लिङ्दनले जनताले जुन स्थान दिन्छन् त्यही स्थानमा बसेर सेवा गर्ने बताए ।

राप्रपाले जित्ने स्थानीय तहमा भ्र’ष्टाचारलाई शू’न्य बनाउने र शिक्षा क्षेत्रको सुधारलाई पहिलो प्राथमिकता राखिने उनले बताए । यस्तै राप्रपाले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने सोही आमसभामा घोषणा गरेको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकामा सागरप्रताप राणालाई मेयरको उम्मेदवार घोषणा राप्रपाले गरेको छ ।

१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया