
हेटौंडा / स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २३ दिन मात्र बाँकी छ ।
वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन् । नेपालमा सङ्घीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए ।
मतदाता परिचयपत्र छपाइ
आयोगले मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि गत फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको थियो । त्यसबीचमा निवेदन दिएका मतदाताहरूका साथै नयाँ मतदाताका परिचयपत्र एकसाथ छपाइ भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार त्यसपछाडि परिचयपत्र हराएका मानिसहरूले चुनावअघि अब नयाँ पाउने स’म्भावना छैन । “करिब ३३ लाख मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ । छापिएपछि मतदानपत्रसँगै अथवा अन्य सामग्रीसँग मतदान केन्द्रहरूमा पठाउने भन्नेबारे हामी हेर्छौँ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बीबीसीसँग भने ।
परिचयपत्र कहिले बाँडिन्छ?
अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ ।
आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ। प्रवक्ता पौडेलका अनुसार मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आआफ्नो परिचयपत्र लिन पाउँछन् । स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली द’र्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ ।
परिचयपत्र नभए के हुन्छ?
मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिसकेको छ ।
मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी चि’न्ता व्यक्त गर्दै आएका छन् । आयोगले शुरू गरेको कल सेन्टरमा पनि मानिसहरूले त्यसबारे जिज्ञासा राख्ने गरेको अधिकारीहरूले बताएका छन्।
मतदानका लागि जरुरी भएरै आयोगले सबै योग्य मतदातालाई परिचयपत्र वितरण गर्ने गरेको प्रवक्ता पौडेलको त’र्क छ । “तर विगतको अभ्यास हेर्दा मतदाता परिचयपत्र ह’रा’एको खण्डमा नागरिकता अथवा अरू सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न दिने निर्णय चुनावको एक दुई-दिनअगाडि आयोगले गरेका उदाहरण छन्,” उनले भने ।