बिहिबार ११ आश्विन २०८०

सउल(दक्षिण कोरिया)/ दक्षिण कोरियामा औद्योगिक दुर्घ’टनामा परी एक नेपालीको ज्या’न गए’को छ ।

बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घट’नामा परी ग’त सोमबार मृ’त्यु भएको हो । घट’नालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गर्नुभएको हो ।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडे’का थिए । लडेप’छि बेहो’स भएका उनलाई नजिककै अस्प’ताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो ।

हाल उनको श’वलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृ’तकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताउनुभयो ।

८५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया