आइतबार २१ जेठ २०८०

काठमाडौं / सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको छ । सोमबारको बैठकमा पोखरा महानगरमा दा’वीबाट पछि नहटेको नेपाली कांग्रेसले मंगलबार नेकपा (एस) लाई छाडिदिएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धनको बैठकले महानगर र उपमहानगरमा भागबण्डामा सहमति जुटाउन बैठक बोलाएको थियो । गठबन्धनको शीर्षस्थ नेताहरुबीच बैठकअघि गण्डकी प्रदेशबाट आएका कांग्रेस नेताहरूसँग प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

सभापति देउवाले कांग्रेस नेताहरुसँगको छलफल गरेपछि पोखरा नेकपा (एस) लाई नै छाड्ने स’ह’मति जुटेको थियो । बालुवाटारमा अहिले महानगर र उपमहानगरमा के कसरी तालमेल गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा बैठक जारी रहेको बताइएको छ ।

नेकपा एसको घोषणा पत्र :- पाँच हजार लिटर पानी र २ सय युनिट बिजुली निःशुल्क : नेकपा एमालेबाट बाहिरिएर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्र घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिइएको छ । घोषणा पत्रमा स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकता स्वास्थ्य उपचारलाई राखिने उल्लेख छ ।

जटिल शल्यक्रियाबाहेकका उपचारहरु स्थानीय अस्पतालबाटै निःशुल्क प्रदान गरिने घोषणा पत्रमा भनिएको छ । साथै, सबै पालिकामा एम्बुलेन्स अनिवार्य गरिएको छ ।

सामुदायिक र सरकारी शिक्षाको गुणस्तर खस्क्दै जाँदा यसतर्फको गुणस्तर बढाउन र सुधार्न अघि बढ्ने घोषणा पत्रमा प्रति’बद्धता जनाइएको छ । यस्तै, पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क उपलब्ध गराइने, प्रत्येक घरपरिवारलाई वार्षिक २ सय युनिटसम्म बिजुली निशुल्क दिने घोषणा पत्रमा उल्लेख छ ।

‘संरक्षित कृषि बजार : किसानको जीवनमा बहार’ नाराका साथ खेती किसानीबाट ज्यालासमेत नउठ्ने र ग्रामिण क्षेत्रको दक्ष जनशक्तिलाई प’ला’यन हुन नदिने पनि भनिएको छ । र, किसानले उत्पादन गरेका वस्तु खे’र जान नदिन शीत भण्डार, दूध चिस्याउने केन्द्र तथा कृषिजन्य सकंलन केन्द्रको व्यवस्था गरिने पनि घोषणा पत्रमा उल्लेख छ । न्यूज 24 नेपाल बा’ट ।

१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया