
जनकपुरधाम / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । आईतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे ।
उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दा’बी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्तिकै नेपालमा राजसंस्था ल्याउने र हि’न्दू राष्ट्रसमेत घोषणा गर्ने बताए । उनले भने “राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हि’न्दू राष्ट्र आजै पुनःस्थापना गर्ने थियो ।”
उनले राजसंस्था स्थापनाका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउने बित्तिकै राजसंस्था र हि’न्दू राष्ट्र पुनःस्थापना हुने बताए । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ थियो । धनुषाको वीरेन्द्रबजारमा आज पार्टी प्रवेश एवं स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन आएका हुन् ।
अध्यक्ष लिङ्देनले यसअघिदेखि नै प्रधानमन्त्री प्रत्यक्ष रुपमा जनताबाट निर्वाचित हुनुपर्ने,सरकारी सेवामा आरक्षण जातले होइन गरिबले मात्रै केही समयसम्म पाउनुपर्ने, देशको आर्थिक भा’र कम गर्नका लागि ७ ओटै प्रदेशहरू खा’रेज हुनुपर्ने, सांसदहरूले मन्त्री हुन नपाउने व्यवस्था ल्याउनुपर्ने, मन्त्रालय र मन्त्रीको संख्या घटाउनु पर्ने, राज्यमन्त्री र सहायक मन्त्रीहरु राख्न नहुने, लगायतका आफ्ना ए’जे’ण्डाहरु पनि अघि बढाउँदै आएका छन् ।