बिहिबार ११ आश्विन २०८०

काठमाडाैं/ पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार असत्य र निराधार रहेको उनको सचिवालयले जनाएको छ ।

पूर्व सभामुख महराका स्वकीय सचिव प्रमोद शर्माले उनी माओवादी केन्द्रमै रहेको बताएका छन । साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

पूर्व सभामुख कृष्णबहादुर महराले आफू नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुको एकताको पक्षमा रहेको बताए ।

पछिल्लो समय नेपालको राजनीति घटनाक्रम अस्वाभाविक तरिकाले परिवर्तन भइरहेको बताउदै यस्तो अवस्था प्रती बिचलित नहुन उनले समग्र नेपाली जनतालाई आग्रह गरेका छन् ।

लामो समयको परिवर्तनकामी आन्दोलन पछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दृष्टान्त बताउदै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नुको साटो शिर्ष नेतृत्वले सत्ता र शक्तिको मोहमा देशको संविधानलाई नै अवज्ञा गर्नु नेतृत्वको ठूलो भुल भएको बताएका छन ।

नेपालमा कम्युनिष्ट आन्दोलनमा लागेर राजनीति गर्ने सम्पूर्ण दलहरुको ध्रुवीकरण पछि एउटै बिशाल कम्युनिष्ट पार्टी निर्माण गर्ने बाटोमा आफू भएपनी विभिन्न प्राबिधिक कारणले पार्टी एकता भाँडिएको र अब पुनः नेपालका क्रान्तिकारी पार्टीहरु एक हुनुपर्ने महराको भनाइ रहेको छ ।

पछिल्लो समय सामाजिक संजालहरुमा आफू एमालेमा प्रवेश गर्न लागेको भन्ने खबर पोस्ट भएको प्रती गुनासो गर्दै महराले कपोलकल्पित र भ्रमात्मक खबर प्रसारण गरेर जनतालाई दिग्भ्र’मित पार्नु पनि अ पराध भएको बताए ।

आफू एमालेमा प्रवेश गर्न लागेको खबर निराधार भएको बताउदै बरु अलग अलग पार्टीको रुपमा रहेका विभिन्न क्रान्तिकारी शक्तिहरुसँग आन्तरिक परामर्शमा रहेको र क्रान्तिकारी शक्ति एक गराउनको लागि आफुले सक्दो पहल गर्ने बताएका छन् ।

१५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया