आइतबार २१ जेठ २०८०

रुपन्देही / रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरकी अमृता खत्री (टण्डन)को मृ’त्यु प्रकरले तिलोत्तमा अशान्त बनेको छ । चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको वि’ष से’व’नबाट मृ’त्यु भएपछि उनको ह’त्या भएको भन्दै माईती पक्ष र आफन्तहरुले निरन्तर वि’रोध प्रदर्शन र आ’न्दोलन गरिरहेका छन् । ७ वर्षअघि स्थानीय प्रेम टण्डनसँग प्रेम विवाह गरेकी अमृताले आफन्तको सहयोग माग्दा-माग्दै जीवनबाट नै विदा लिएकी छन् । घ’ट’ना बारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अमृताका श्रीमानसहित सासु र ससुरालाई समेत प’क्रा’उ गरेको छ ।

प्राय घरमा झ’गडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै ह’त्या भ’ए’को भन्दै आफन्तहरुले दो’षि पत्ता लगाई कारबाही मा’ग गरिरहेका छन् । गत भदौंमा अमृता र उनको परिवार बीच भएको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक क’लह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ । अमृताले घर परिवारले सामान्य विषयमा पनि मा’नसिक र सा’रिरीक या’तना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिईन् । २०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए ।

त्यसपछि अमृता घरमै गएर बसेपनि श्रीमान र सासुआमासँगको सम्बन्ध राम्रो बन्न सकेको थिएन तर अमृताले घरपरिवारले मा’नसिक रुपमा पी’डा दिने गरेपनि माईतीलाई भने भनेकी थिईनन् । गत असोजमा दाजु पुष्पकको विवाह भयो । अमृता छोरालाई लिएर दाजुको विवाहमा माईती गईन्, जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन् । पुष्पकले बहिनी र ज्वाईको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाईसकेका थिए । ९ बर्ष अघि प्रेमको परिवारबाट सुरुमा माग्न आउँदा अमृताको माईती पक्षले स्वीकार नगरेपछि प्रेमको परिवारले भ’गा’एर भारतमा लगेका थिए । त्यसको एकवर्ष पछि नै अमृता र प्रेमको कोखबाट छोरा आदित्य जन्मिएका थिए ।

अमृताका दाजु पुष्पकका अनुसार बेरोजगार रहेका प्रेम दुईचार सय रुपैयाँको लागि पनि आमाबुवा माथी नै निर्भर थिए । श्रीमानको आम्दानीको श्रोत नभएपछि अमृतापनि सासु ससुरामाथी नै निर्भर थिईन् । भागि विवाह गरेको कारण सामान्य समस्याहरु माईतीमा लगेर सुनाउन पनि सकेकी थिईन् । बहिनी र ज्वाईको बीचमा सम्ब’न्ध राम्रो नभएको बुझेका पुष्पकले बेलाबेला बहिनीको आर्थिक सम’स्या टारिदिने गरेको भएपनि घरपरिवारप्रतिको जिम्मेवारी पूरा गर्नबाट पछि नहट्न बहिनीलाई सुझाई रहन्थे ।अमृताको घर परिवारमा हुने निरन्तर भइरहने म’न’मुटावले दाजु पुष्पकलाई पनि चि’न्तित बनाइरहन्थ्यो ।

चैत्र ३० गतेका दिन पनि जब बहिनी माइतबाट साझपख घर गईन ४० मिनेट पछि राती ९ः १४ मा दाजु पुष्पकको मोवाईलमा म्यासेज आयो माईतीले भन्छन घर जा घरकाले भन्छन तेरो माईत जा चेलिको जिन्दगी पनि कस्तो घर न घाटको अव त्यो चेली कहा जाने ?माईतीलाई ईज्जत प्यारो भयो बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न नदिने चेलीको फेर्ने सास गयो । बहिनीलाई अत्यन्तै माया गर्ने दाजु पुष्पकले बहिनीलाई म्यासेज गरेर सोधे के भयो र बहिनी खाना खाईस ? त्यसको दश मिनेट पछि फेरी अमृताले दाईलाई म्यासेज लेखिन ‘दाई म म’र्न चाहन्न,

म यहाँ बस्न नी सक्दिन, प्लिज दाई हजुरको बो’झ नी हुन चाहन्न, प्लिज दाई मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’तिलोत्तमाको जानकी नगरकी अमृता र सोही ठाउका प्रेम टंण्डन बिच करीव ९ बर्ष पहिले प्रेम बिवाह भएको थियो। बिवाह भएको एक बर्ष पछि उनीहरुको एक छोरा जन्मेका थिए ।बहिनी माथी त्यसको अघिल्लो दिन सांझ पनि हातपात भएको थाहा पाएपछि पुष्पक श्रीमती मधुलाई लिएर बहिनीको घरमा गएका थिए तर अमृताकी सासु दिपा टण्डनले घरको मामिलामा किन हस्तक्षेप गर्न आएको भनेर दाजुभाउजुलाई घरमा नछिर्न भनिन् ।

बहिनीको घर नजिकै भएकोले घरपरिवारमा भएका सामान्य झै’झगडा पनि पुष्पकले थाहा पाईहाल्थे। झै’झगडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी ज्वाई दुवैलाई नै सम्झाएर फर्किन्थे। चैत २९ गते पनि पुष्पकले बहिनीमाथी कुनै नराम्रो भए आफूले नछोड्ने भन्दै बाहिरैबाट चे’तावनी दिएर घर फर्किएका थिए ।

बहिनीको यस्ता म्यासेज देखेपछि दाजु पुष्पकले ‘त जस्तो मान्छे म’र्ने कुरा गर्ने हो ? भोलि भान्जासँग आईज कुरा गरम्ला’ भन्दै अमृतालाई म्यासेज पठाएपनि अमृताले भने जवाफ फर्काईनन्,निरन्तर घरमा बहिनी माथी द’वा’व र या’त’ना हुदै आएको थाहा पाएका पुष्पकले बहिनीले पठाएको म्यासेजबाट झस्केका थिए ।उनले बहिनीलाई तत्काल फोन गरे तर बहिनीको फोन स्वीच अफ थियो । चैत्र ३० गते राती ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाई पुष्पकले बहिनीमाथी केहि नरा’म्रो भईरहेको छ भन्ने लख का’टिसकेका थिए ।

पुष्पकको मात्रै होईन होईन अमृताका माईती सबैको फोन ज्वाई प्रेम टंण्डन र उनको परिवारले केही महिना अघि देखि ब्ल’क गरेका थिए । त्यसैले बहिनीलाई फोन सम्पर्क हुन सकेन । त्यसको करीव १० मिनेट हा’राहारीमा अमृताले वि’ष से’व’न गरि अस्पताल ल्याएको भन्दै उनका श्रीमान प्रेम टण्डनले पुष्पकलाई अस्पताल बोलाए । राती ९ बजेर ३२ मिनेटसम्म दाजुसँग म्यासेजमा कुरा गरिरहेकी अमृताको ९ बजेर ५० मिनेटमा प्रा’ण प’खेरु उ’डी सकेको थियोे । अमृता अव कहि’ल्यै जवाफ नफ’र्काउने गरि वि’दा भईसकेकी थिईन् । गोलोबलआवाज बा’ट ।

३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया