बुधबार २४ जेठ २०८०

चितवन / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालको गणतन्त्रको बाटो पूर्ण रुपमा असफल भएको बताएका छन् । देशका ठूला दहलरुले विदेशीको प्रभा’वमा परेर राजसंस्था फालेको आ’रोप लगाए ।

राप्रपा चितवनले भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले पन्ध्र वर्षको गणतन्त्रको यात्रा असफल भएको बताउँदै राजसंस्था र हिन्दु राष्ट्र नेपालको स्थायित्वको आधार भएको बताए । काँग्रेस, एमाले र माओवादीलाई बाटो सच्चाउन आग्रह गरेका छन् ।

‘हाम्रो छिमेकमा सिक्किम भन्ने देश थियो । त्यहाँ पनि यहाँ जस्तै विदेशीहरुले प्रजातन्त्रको नाममा राजसंस्थाको वि’रुद्ध आ’न्दोलन गर्न उक्साउदा राजसंस्थाको अ’न्त्य भो । आज विश्व मानचित्रमा सिक्किम भन्ने देश कही पनि छैन,’ उनले भने , ‘आज त्यही ख’त’रा आज हाम्रो देशलाई पनि छ । नेपालको स्थायीत्वको लागि अभिभावकीय संस्था राजसंस्था चाहिन्छ भनेर हामी हिडेका हौं । ’

अध्यक्ष लिङ्देनले सिमित राजनैतिक दल र तीनका नेताले देशलाई बन्धक बनाएको आरोप लगाए । त्यसबाट जनताले उन्मुक्ति खोजेको बताए । ‘बत्तिस वर्षसम्म मौका पाएका दलले जनताले छुन पाउने देख्न पाउने भो’ग्न पाउने गरी केही परिवर्तन भएन ,’उनले भने,‘फेरी पनि यीनै नेतालाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो। अब विकल्प खोज्ने बेला आएको छ। ’

उनले निर्वाचनमा हजार पटक सोचेर मात्रै भोट हाल्न आग्रह गरेका छन्। मुलुकले निकास पाउन नसकेको भन्दै ठुला दलका कारण मुलुकमा अस्थिरता आएको आरोप लगाए । पटक पटक सत्ता हाँकेका दलहरुले जनताले महसुस गर्ने खालको केही काम नगरेको बताए ।

‘तपाईंले दिने एउटा भोट ग’ल’त मान्छेलाई पर्यो भने पुरै देशले दुख पाउँछ ’ उनले भने ‘छोरी दिदा तपाईंले दश पटक सोच्नुहुन्छ भने अब भोट दिँदा हजार पटक सोचेर मात्रै दिनुहोस् । बाउ बाजेको पार्ट भनेर भावी सन्ततीले स’रा’प्ने बाटो नदिनुहोस् ।’

४३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया