
काठमाडौं, ३ वैशाख / शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् । उनलाई काठमाडौंस्थित किष्ट अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् । अहिले उनको अवस्था सन्तोषजनक रहेको जनाइएको छ ।
यो अर्को समाचार :- मुलुकभर थप ९ जनामा कोरोना पुष्टि, ४४ द्वारा स्वास्थ्यलाभ : काठमाडौं / मुलुकभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना सं’क्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ जना र २ हजार ५७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा सं’क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्र’मितको कुल संख्या ११ लाख १८ हजार ८१५ पुगेको छ । हाल नेपालमा ४ सय जना सक्रिय संक्रमितहरुका रहेका छन् ।
पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भए, ० संक्रमितको मृ’त्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४४ जना नि’को भएर घर फर्किएका छन् । योसँगै नेपालमा को”रोना संक्र’मणमुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ३०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ६७ लाख ४३ हजार ९९७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि सं’क्र’मितको मृ’त्यु भएको छैन । हाल नेपालमा को’रोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।