शुक्रबार १९ जेठ २०८०

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा मनाइने जिब्रो छे’ड्ने जात्रामा स्थानीय बुद्धकृष्ण बागश्रेष्ठले नवौँ पटक जिब्रो छेँडेका छन् । कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीको मञ्चमा बुद्धकृष्णको जिब्रो छे’डिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छे’ड्ने चलन छ । जिब्रो छे’डेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छे’डेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठो’केपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक उनले यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेडेका थिए, भने उनको आमाको नि’ध’नपछि बोडेको जुजुभाई बाँसश्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छे’डेका थिए । पछिल्ला वर्षमा पुनः जिब्रो छे’डेका बुद्धकृष्णले यस वर्ष नवौँ पटक जिब्रो छे’डेका हुन् ।

दैवी श’क्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भु’तप्रेत, पि’शाच, ख्या’क तथा कङ्का’लले बोडेका मानिसलाई धेरै दुः’ख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पा’सो राखेर दुः’ख दिने पि’शा’चलाई स’मातेर उसको जिब्रो छे’डी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो । न्यु’ज 24 नेपाल बा’ट ।

७९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया