बुधबार २४ जेठ २०८०

काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाइ असहयोग गरेका कारण का’र’बाही गर्नुपरेको बताएका छन् ।

सोमबार बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरमाथिको का’र’बाही र पछिल्लो अर्थतन्त्रमाथिको संक’टबारे प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । सोको जवाफ दिने क्रममा प्रम गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असहयोग गरेको भन्ने गु’ना’सो बढेकाले का’रबाही गरिएको प्रम देउवाले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले आफूलाई गभर्नरले कुनैपनि काम सहज ढंगले गर्न नदिएको र आफूले गरेका कामहरुमा असहयोग गरेको भन्ने गु’ना’सो आफूसमक्ष गरेको पनि प्रधानमन्त्रीले बताए ।

सरकारले शुक्रबार गभर्नर अधिकारीमाथि सर्वो’च्च अदा’लतका पूर्व–न्या’याधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो, जससँगै गभर्नर अधिकारी स्वतः निल’म्बनमा परेका छन् । गभर्नरमाथिको आ’रो’प छानबिनपछि पुष्टि भएमा सरकारले उनलाई पदबाट बर्खा’स्त गर्नेछ ।

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया