बुधबार २४ जेठ २०८०

नयाँ वर्ष अर्थात् संवत २०७९ साल सौरमानका हिसाबले वैशाख ०१ गते प्रारम्भ हुने गर्दछ, तर बार्हस्पत्य मानले नयाँ वर्षको सुरुवात चैत्र शुक्ल प्रतिपदा अर्थात् यस पटकको हकमा चैत्र १९ गते शनिवार (अप्रिल ०२) देखि सुरु हुँदैछ । चैत्र शुक्लपक्षमा पर्ने वारअनुसार वर्षाधिपति र वैशाख ०१ गतेको वारअनुसार कार्याधिपति चयन गर्ने ज्योतिषीय परिपाटी रहेकाले यस वर्षको राजा शनि र मन्त्री बृहस्पति हुनेछन् । विगतको समयमा विश्वले को’रोना महा’मारी, अन्तर्राष्ट्रिय परिवेशमा रु’स र यु’क्रे’नका कारण यु’द्धको स’न्त्रा’स र अर्थतन्त्रमा ठूलो उतार’चढावको सा’मना गरेको परिस्थिति रहेको छ भने अब नयाँ वर्ष अर्थात् वि. सं. २०७९ को आगमन हुँदा आमव्यक्ति र देशदुनियाले नयाँ आशा र अपेक्षा गर्नु स्वाभाविक मान्न सकिन्छ । आउनुहोस् संवत् २०७९ मा हुने केही परिस्थितिहरूको आकलन गरौं ।

चैत्र १९ गतेदेखि नै नल नाम गरेको नयाँ संवत्सरको प्रारम्भ हुँदैछ । भास्कर नामक ग्रन्थका अनुसार नल नाम गरेको संवत्सरमा राम्रो वर्षा हुन्छ, तर राजालाई दु:ख र जनताहरू चो’रसँग डरा’उँदछन् । यस वर्षका राजा शनि हुन्, जसका बारेमा बृहत संहिताको ग्रहवर्ष फलाध्यायको अध्याय १९ मा फलादेश गरिएको छ ।

उद्वृत्तदस्युगणभूरिरणाकुलानि राष्ट्रायण्नेकपशुवित्तविनाकृतानि ।
रोरूयमाणहतबन्धुजनैर्जनैश्च रोगोत्तमाकुलकुलानि बुभुक्षया च ।
वातोद्धताम्बुधरवर्जितमन्तरिक्षं आरुग्णनैकविटपं धरातलं द्यौ:
नष्टार्कचन्द्रकिरणातिरजोवनङ्घा तोयाशयाञ्च विजला: सरितोपि तन्व्य:
जातानि कुत्रचिदतोयतया विनाशं ऋच्छन्ति पुष्टिमपराणि जलोक्षितानि
शस्यानि मन्दमभिवर्षति वृत्रशत्रौ वर्षे दिवाकरसुतस्य सदा प्रवृत्ते ।।

शनि वर्षको राजा हुँदा चो’र, डाँ’का र दु’ष्ट अप’राधीहरूको आ’तङ्क बढ्दछ । आत’ङ्कका कारण राजनीतिक अस्थिरता, धनजनको क्ष’ति, भ’य र त्रा’सले युक्त सामाजिक जीवन जस्ता परिस्थिति सिर्जना हुनसक्छन् । रो’ग र भो’कको मात्रामा बृद्धि हुँदा आमजनता शो’कको स्थितिमा रहनेछन् । मन्त्री बृहस्पति हुँदा भने आमदुनियाले शुभ परिणाम प्राप्त गर्ने प्रसङ्गसमेत उक्त ग्रन्थमा उल्लेख गरिएको छ । एउटा राम्रो पक्ष के पनि देखिन्छ भने यस वर्षका राजा र मन्त्री दुबै ग्रह यसपटक आआफ्ना घरमा रहनेछन्, जस्तै शनिदेव मकर राशिमा र गुरु बृहस्पति मीन राशिमा ।

त्यस्तै बृहस्पतिउपर राजा शनिको पूर्णदृष्टि रहेको छ, यसको प्रभा’वले विमान दु’र्घ’टना वा कुनै प्राकृतिक प्रको’पले हा’नि पुग्छ । उता शनि र मङ्गलको द्विर्द्वादश सम्बन्धले विश्वका केही राष्ट्रमा कुनै विषयलाई लिएर यु’द्धको माहौल बन्नसक्छ । मित्र राष्ट्रहरूका बीचमा पनि राजनैतिक सम्बन्धमा अ’चा’नक फा’टो बढ्ने सङ्केत छ । कुनै राष्ट्र विशेषमा भूक’म्प, बाढी जस्ता प्राकृतिक प्रको’पले जनधनको क्ष’ति हुनसक्छ । यस संवत्सरले विश्व परिवेशमा पार्ने प्रभावको अनुमान गर्दा यो वर्ष बढेको मुद्रास्फीतिका कारण जनतामा आ’क्रो’श थपिनेछ ।

बालबालिकासँग सम्बन्धित कुनै नयाँ रो’ग उत्पन्न हुनाले परिस्थिति चि’न्ताग्रस्त बन्नसक्छ । राजनीतिक परिवेश र मु’द्दालाई लिएर विश्वभरि नै एक किसिमको तनावपूर्ण अवस्था रहनेछ । रो’ग र अर्थतन्त्रमा ठूलो उतार’चढावका कारण सर्वसाधारणले सा’स्ती खेप्नुपर्ने परिस्थिति बन्नेछ । संवत् २०७९ को वर्ष प्रवेशकुण्डलीमा का’लसर्प योग र विप’रीत ग्रहयोग सूर्य शनि, गुरु शुक्रको बीचमा निर्माण हुने भएकाले विश्वका धेरै देशमा वि’स्फो’टक घ’टना, आ’तङ्कवादी गतिविधि, सत्ता वि’द्रोह (कू), गृ’ह’युद्ध आदिको अवस्था आउन सक्छ । मुस्लिम बाहुल्य पश्चिम एसियाली देशहरूमा धार्मिक विषयलाई लिएर जनआ’न्दोलनको अवस्था आउन सक्छ । युरोपेली देश, रु’स र अमेरिका पनि यसबाट प्रभा’वित हुनेछन्, जसका कारण अधिकतम मानिसहरूले आफ्नो घर र रोजगारीबाट वि’स्था’पित हुने परिस्थिति बन्नेछ । असार १७ देखि भदौ १ गतेसम्म मङ्गल र राहुको युतिबाट अङ्गारक योग बन्ने तथा यसै समयावधिमा श्रावण महिनाभरि सूर्य र शनिको समसप्तक योग सिर्जना हुने प्रतिकूल प्रभावका कारण अन्तर्राष्ट्रिय राजनीतिमा निकै अनौ’ठा र अकल्प’नीय घ’टनावृत्तको उपस्थिति हुनसक्छ । यो वर्ष सुन र तामाको मूल्यमा ठूलो उछा’ल आउन सक्छ । श्रावणको पहिलो हप्तादेखि मंसिरको पहिलो हप्तासम्म शनिश्चर र बृहस्पति ग्रह अर्थात् यस वर्षका दुबै राजा र मन्त्रीको बक्रावस्था रहनाले अशु’भ योगहरू प्रभा’वकारी रहनेछन् ।

यस्तो अवस्थामा राज्य शक्तिमा तीव्र हल’चल हुनसक्छ । यस समयमा कुनै पनि शासक र शासनव्यवस्थामा अप्र’त्यासित उल’टफेर हुने अनुमान गरिन्छ । फलाम, स्टिल, पेट्रोलियम, कोइला, गहुँ, कालो चनालगायत सबै प्रकारका दालको मूल्य बढ्नेछ । यी वस्तुको व्यापारमा संलग्न व्यक्तिहरूले यो वर्ष मनग्य आम्दानी गर्नेछन् । यी परिघटनाले विश्व परिवेशमा जहाँ पनि घ’टित हुने स’म्भावना बोक्दछन्, अब नेपाल र वरिपरिको भविष्यका बारेमा आकलन गरौं । ने अक्षरका आधारमा बृश्चिक राशि । वर्षप्रवेश लग्न अष्टम भावमा, तृतीय भावमा शनिश्चर, पञ्चम भावमा बृहस्पति, छैंटौं र बाह्रौं भावमा क्रमश: राहु र केतुको उपस्थिति रहने यो वर्ष मिश्रित प्रभावको वर्ष रहनेछ । सरकारले सामाजिक क्षेत्रको सुधारका लागि केही नयाँ योजना ल्याए पनि मुद्रास्फीतिका कारण कार्यान्वयन पक्ष ज’टिल रहनेछ, जनताको मनमा निरा’शाको भावना आउनेछ । नयाँ ढंगको राजनीतिक समीकरण बन्नाले संघीय संसद्को निर्वाचनमा व्यवहारिक जटिलता देखा पर्नेछन् । सत्ताले जनताको कडा विरो’धको सा’मना गर्नुपर्छ । जगल्लग्न कुण्डलीमा मिथुन लग्न पर्नु, छैटौं भावको मालिक मङ्गल ग्रह भाग्यस्थानमा शनिको घरमा बस्नु, अनि आठौं घरको मालिक राजा बनेर स्वगृही हुनु त्यत्ति अनुकूल मानिंदैन, जसका कारण केन्द्रमा सत्तारुढ दलका शीर्ष नेतृत्वले ग’म्भीर सम’स्या भो’ग्नुपर्ने हुन्छ ।

कुनै अ’प्रि’य र अप्र’त्यासित घट’नाको सिर्जना हुनसक्छ, जसले राजनीतिक अस्थिरता र अनि’ष्टतर्फको सङ्केत गर्दैछ । जगल्लग्न कुण्डलीको लग्नेश बुध, सूर्य र राहुका साथमा राज्यस्थानमा रहनु केही आशावादी मान्न सकिन्छ, तर पनि यसै भावमा पितृ’दो’षको सिर्जना भएकाले राजनीतिक नेतृत्वमा स’ङ्कट र समस्या उत्पन्न हुनेछ । आठौं भावमा बसेको राजा शनिको दोस्रो भाव अर्थात् धन स्थान, विद्या स्थान र कर्म स्थानमा पूर्ण दृष्टि रहेको तथा कर्म स्थानमा बसेको मन्त्री बृहस्पतिको धन स्थान, सुख भाव र श’त्रु स्थानमा पूर्ण दृष्टि रहेकाले सरकारले सार्वजनिक क्षेत्रका कम्पनीहरूमा लगानी बढाउन आर्थिक सुधारका लागि नयाँ का’नू’न ल्याउन सक्छ, तर यसको आम जनतामा नकारा’त्मक प्रभाव पर्नसक्छ र श्रमजीवी जनता र कृषिवृत्तिमा रहेकाहरूको विरो’धको साम’ना गर्नुपर्नेछ । कोइला, तेल, फलाम तथा प्राकृतिक ग्यासजस्ता ऊ’र्जा क्षेत्रको आपूर्तिमा देशको ठूलो धन बाहिरिनाले व्यापार घाटामा दिनानुदिन बृद्धिको सा’मना गर्नुपर्ने हुन्छ ।

वि’प’रीत जलवायुका कारण अन्न उत्पादनमा प्रभाव पर्नेछ । नवौं घरमा शुक्र र मङ्गलको संयोगले उच्च शिक्षाको क्षेत्रमा निजी क्षेत्रको दबदबा कायम हुनेछ, जबकि विश्वविद्यालयमा राजनीति र चाटुकारिता हाबी हुनाले विद्यार्थीको पलायन यथावत् कायम रहनेछ । त्यस्तै यस वर्षको अन्तिमको चार महिना राशिस्वामी मङ्गलले बृष राशिमा ब’क्र गतिको यात्रा गर्नेछन्, जसका कारण आ’न्दो’लन, यु’द्ध, लडा’इँ’झ’गडा, चो’रीडकैती जस्ता असा’माजिक गतिविधिमा तीव्रता आउनेछ । आर्द्राप्रवेशाङ्गको विचार गर्दा आर्द्रा प्रवेश कुण्डलीमा धनु लग्न छ, लग्नेश बृहस्पति सुख भावमा जलतत्त्वयुक्त राशिमा छ, चन्द्रमा पनि जलतत्त्वयुक्त राशिमा नै देखिन्छ । यस पटक गर्मीको तापमानमा उल्लेखनीय बृद्धि हुनेछ, मनसुनी वर्षा समयमा नै हुनेछ । कतै दुर्भिक्ष र सुखा तथा कतै बाढीपैह्रो र बाढीको परिस्थिति बन्नेछ । यी र यस्ता परिवेशमा बीचमा आगामी नयाँ वर्ष २०७९ सालको आगमन हुँदै गर्दा आम जनताले सजगताका कर्मक्षेत्रमा लाग्ने तथा जिम्मेबार निकायका व्यक्तिले सामाजिक जनजीवनको रो’ग, भोक र प्राकृतिक विपदालगायतमा सुरक्षाको व्यवस्था गर्ने एवं राष्ट्रोन्नतिका खातिर लागी परेमा यो वर्ष पनि नेपालका लागि शुभ र उन्नतिदायक बन्नसक्ने विश्वास गरिन्छ । (ज्यो. प. कृष्णप्रसाद कोइराला / पू’र्वे’ली न्युज बा’ट )

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष राशिका लागि नयाँ वर्ष २०७९ सालमा अधिकतम क्षेत्रमा सफलता प्राप्त हुनेछ । जागिर खानेहरूले क’डा परिश्रम गर्नुपर्छ । शिक्षादीक्षाको क्षेत्रमा पनि केही चुनौ’तीको साम’ना गर्नुपर्ने हुन्छ, तर उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । विदेशमा पढ्ने बाटो खुल्नेछ । बरु यस अवधिमा घरपरिवारको माहौलमा केही धूमिलता देखापर्न सक्छ, पिता वा अभिभावकसँग वि’वाद पनि हुनसक्छ । प्रेम र प्रण’य भावको क्षेत्रमा समय राम्रो रहनेछ । प्रेममय, हर्षोल्लास र उमङ्गको वातावरण रहेको छ, कतिपयले अचानक विवाहको बन्धनमा बाँधिने योजना पनि बनाउन सक्छन् । तर आर्थिक मामि’लामा चि’न्ता बढ्नेछ । अनाव’श्यक र फा’ल्तु विषयमा धन खर्च हुनाले तना’वमा बृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन र भो’गविलासको क्षेत्रमा धनको प्रवाह बढ्नेछ, तर धनागमको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो रहनेछ र कुनै पुरानो रो’ग छ भने त्यसबाट मु’क्ति पाउन सक्नुहुन्छ ।

समग्रतामा यो वर्ष उन्नतिको वर्ष नै हो । विदेश वा लामो दूरीको यात्रा सफल हुनेछ । वाहनादिको प्रबन्धन वा खरिदका लागि राम्रो योग छ । भूमिको क्रय/विक्रयमा सरलता हुनेछ । लोकप्रियतामा बृद्धि हुनेछ । घरपरिवारमा आपसी तालमेल र सामञ्जस्य कमी भए पनि सामञ्जस्यको वातावरण कायम रहनेछ । हाँकेताकेका कार्यहरू सरलताका साथमा सम्पन्न हुनेछन् । व्यवसायिक गतिविधिमा राम्रै देखिन्छ । कुटुम्बका बीचमा कुनै असम’झदारी वा त’ना’व छ भने समाप्त हुनेछ । ठूलाबडासँगको सङ्गतले उन्नतिपथमा अघि लम्कन मद्दत गर्नेछ । विद्यार्थीहरूको पठनपाठनमा ध्यानकेन्द्रित हुनसक्दैन । वैवाहिक जीवनमा राम्रै छ । नोक’रीमा स’ङ्घ’र्षको स्थिति देखिन्छ । सामान्यतया वैशाख, असार, मङसिर र फाल्गुन महिना क’ष्टदायी रहनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वृष राशिका लागि २०७९ साल मिश्रित प्र’भावका साथमा उपस्थित भएको छ । परिश्रमको फल प्राप्त हुने समय छ । करियरमा उत्तरोत्तर प्रगति हुनेछ, नोकरी र कार्यस्थलमा सफलता पाइनेछ । विद्यार्थीहरूका लागि यो उच्च स्तरको सफलता पाउने समय हो । प्रेमजीवनका लागि समय राम्रो रहनेछ र विवाहित व्यक्तिको घरपरिवार र दाम्पत्य जीवनमा सुखसमृद्धि देखिनेछ । तर पनि पतिपत्नी र प्रेमीप्रेमिकाको सम्ब’न्धमा केही सम’स्या देखा पर्नेछ, अचा’नक क’ल’ह बढ्ने वा सम्ब’न्धमा नै फा’टो आउने परिस्थितिसमेत रहेको छ । अनाव’श्यक खर्चमा बृद्धि हुनेछ र आर्थिक मा’मि’लामा केही झ’मेलासमेत आउन सक्छ । गै’र’कानुनी र अ’नैतिक कारोबारमा संलग्न हुनुहुन्छ भने द’ण्ड’सजाय भो’ग्नुपर्ने र अ’ड्डा’अदालत धाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । स्वास्थ्यपक्षमा सामान्य सम’स्या उत्पन्न हुनेछ तथा दुर्घ’टना, चो’ट’पटक र चि’रफारको परिस्थिति बन्नसक्ने समय भएकाले स्वास्थ्यस्थितिप्रति ग’म्भीर बन्ने समय हो ।

समग्रतामा बृष राशि हुने व्यक्तिहरूका लागि यो राम्रो समय साबित हुनेछ, घरपरिवारमा धार्मिक कार्यक्रम सम्पन्न हुनेछ । दाजुभाइ वा दिदीबहिनीबाट सहायता मिल्नेछ । नयाँ घरघडेरी वा सम्पत्ति जोड्न अनुकूल समय छ । धनसङ्ग्रहका निमित्त मातापिताको सहयोग मिल्नेछ । विद्यार्थीहरूमा पठनपाठनको अभिरूचि बढ्नेछ । सन्तति र भाइबहिनीप्रतिको भावनात्मक लगावमा बृद्धि हुनेछ । सरकारी, प्रशासनिक वा कोर्टकचहरीका काममा मन्द गतिले प्रगति हुनेछ । वैवाहिक जीवन सुखी रहनेछ । नोकरीमा बढुवा वा प्रशंसाको योग बनेको छ । राजनीति र सामाजिक जीवनमा म’तभेद र सङ्घ’र्षको स्थिति देखिन्छ । मनमा नै’रा’श्य र वैरा’ग्यका भा’व’ना देखा पर्नेछन् । सरकारी काम पूर्ण हुनाले आगामी कार्यका लागि मार्ग प्रशस्त हुनेछ । घरायसी वातावरण शान्त, सुखद र रमणीय रहनेछ । शेयर कारोबारमा लागेका व्यक्तिका लागि यो वर्ष राम्रो साबित हुनसक्छ । सामान्यतया जेठ, भाद्र र माघ महिना फलका दृष्टिले क’म’जोर रहनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिथुन राशि हुने जातकका लागि कार्यक्षेत्र र विद्याध्ययनका दृष्टिले नयाँ वर्ष २०७९ साल उत्कृष्ट समय रहनेछ । नोकरी र व्यवसायमा स्तरबृद्धि र पदोन्नतिको योग बनेको छ । नयाँ रोजगारीको आवश्यकता भएका व्यक्तिको मनोकामना पूरा हुने वर्ष हो । विद्यार्थीहरूका लागि अनुकूल वर्ष हो, अझ प्रायोगिक र प्राविधिक क्षेत्रका शिक्षार्थीलाई तथा अनुसन्धान वा अन्वेषणको क्षेत्रका छात्रछात्रालाई विशेष सामर्थ्य प्राप्त हुनेछ । किशोरा’वस्थाका छात्रछात्रामा उच्छृ’ङ्खलता बढ्ने समय हो । पारिवारिक वातावरण रमाइलो रहनेछ, प्रेमजीवन र दाम्पत्य सम्ब’न्धमा भने उता’रचढाव भइरहनेछ । पुराना जोडीहरूमा पनि वि’वाद र कल’हको योग बनेको छ । व्य’र्थ र फा’ल्तु खर्चको मात्रामा बृद्धि हुनेछ । व्यक्तिगत स्वास्थ्य राम्रो रहनेछ, तर पिताजीको स्वास्थ्यस्थितिमा भने स’मस्या आउन सक्छ ।

समग्रतामा मिथुन राशि हुनेहरूका लागि यो वर्ष अष्टम भावमा बसेको शनिको अढैयाको प्रकोप रहने वर्ष हो । कार्यक्षेत्रमा अनेकानेक कठिनाइ र हण्ड’रठक्करको सा’मना गर्नुपर्छ, परिणाम मा’नसिक रूपमा निर्बल बन्ने सम्भा’वना हुन्छ । स्वास्थ्यसम्बन्धी सानातिना सम’स्याहरू झे’लिरहनु पर्छ । सुरुमा झ’मेला र सङ्घ’र्षको स्थिति भए पनि अन्त्यमा कार्य सफल हुनेछ । यस अवधिमा अना’वश्यक वा’दविवाद र कोर्टकचहरीको चक्रबाट जोगिनु बेस हुनेछ । वर्षको मध्यभागमा लामो दूरी वा वैदेशिक प्रयोजनको यात्राको स’म्भावना देखिन्छ । दाजुभाइ र दिदीबहिनीसँग सुमधुर र आत्मीय सम्बन्ध रहनेछ । जग्गाजमिन र घरघडेरीको क्रयविक्रयको कामबाट लाभ लिन सकिनेछ । विद्यार्थीहरूले राम्रो रिजल्टका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनमा पतिपत्नीका बीचमा वैचारिक मतभेद देखापर्नेछ । नोकरीमा स्थानान्तरणको योग छ, सरुवा हुने वा कामविशेषले घर छाड्नु’पर्ने परिस्थिति बन्नसक्छ । सामान्यतया श्रावण, मङ्सिर र चैत्र महिना क’ष्टदायक मानिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्कट राशिका जातकले नयाँ वर्ष २०७९ सालमा मिश्रित फल प्राप्त गर्नेछन् । जागिर वा रोजगारीको प्रयासमा रहेका व्यक्तिका लागि यो वर्ष चुनौ’तीपूर्ण रहनेछ । अफिसमा सिनियर कर्मचारीसँग म’तभेद हुने स’म्भावना छ । छात्रछात्रा र किशोर अवस्थाका व्यक्तिको मन चञ्चल रहनेछ र अध्ययनप्रतिको झुकाव देखिंदैन । व्यवहारिक र स्वास्थ्यगत कारणले पठनपाठनमा बा’धा हुनेछ । नातागोता, घरपरिवार र कुटुम्बका साथमा झै’झगडा र कल’हको योग बनेको छ । दाम्पत्यसुखमा पनि त्यत्ति राम्रो फल पाइने छैन । आर्थिक मा’मिलामा पनि केही चुनौ’ती र क’ठिनाइको सा’मना गर्नुपर्ने हुन्छ, उधारो वा सरसापटीमा गएको धनले त’नाव बढाउनेछ । तर जगल्लग्नमा राशिपति चन्द्रमा तपाईंको राशिको दोस्रो घरमा बसेकाले बुद्धिकौशल र वाक्पटुताका माध्यमबाट जस्तै वि’परीत परिस्थितिलाई पनि सहज बनाउने हिम्मत र साहस जुट्ने समय हो ।

समग्रतामा कर्कट राशिका लागि यो वर्ष उत्तम वर्ष साबित हुनेछ । धनार्जनका बाटोमा देखिएका बा’धा/अड्च’नहरूको अन्त्य हुनेछ । इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । भौ’तिक सुख बढाउने भोगविलासका वस्तुहरू र तिर्सना मेट्ने क्रममा खर्चको मात्रा बढ्नसक्छ । घरायसी र पारिवारिक समस्याको अ’न्त्य हुनेछ । अभिभावक वर्ग र मातापिताका साथमा राम्रो स’म्बन्ध कायम हुनेछ । प्रतिष्ठित र सम्मानित व्यक्तित्वसँग भेटघाट हुने तथा सरसहयोग लिन सकिने समय छ । विद्यार्थीहरूले मिहिनेत गर्ने, पढाइप्रति जागरुकता उत्पन्न हुने तथा राम्रो रिजल्ट निकाल्ने वर्ष हो । गृहस्थीजनको सन्ततिहरूसँग मतभेद बढ्ने समय हो । कोर्टकचहरी र प्रशासनिक सम’स्याको समाधान हुनेछ । वैवाहिक जीवनमा उदा’सीन सम्ब’न्ध रहनेछ, तर यथासम्भव तालमेलका लागि प्रयास गर्नु वाञ्छनीय देखिन्छ । नोकरीमा सामान्य छ, पुराना स’मस्या वा तना’व छन् भने तिनको समा’धान हुनेछ । सामान्यतया जेठ, असार र पुस महिना कम’जोर रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सिंह राशि हुने जातकका लागि नयाँ वर्ष २०७९ साल सामान्य नै रहनेछ । वर्षारम्भमा कार्यक्षेत्रमा दौड’धुप गर्नुपर्ने हुन्छ, तर मिहिनेतअनुसार कार्यमा सफलता नै मिल्नेछ । विदेशमा गएर पढ्न रहर गर्ने छात्रछात्राको सपना पूरा हुनेछ । वाक्पटुता र बुद्धिकौशलमा बृद्धि हुनेछ । परिवारमा एकता हुनेछ र एकअर्काप्रति प्रेम र सद्भाव बढ्नेछ । पिताको साथसहयोग मिल्नेछ, तर उहाँको कार्यक्षेत्र र स्वास्थ्यस्थितिमा भने समस्या देखिनसक्छ । प्रेमसम्बन्ध, वैवाहिक जीवन र पारिवारिक सुखमा केही निरसता देखापर्न सक्छ । आम्दानीमा सहजता नै देखिन्छ, तर खर्चको मात्रामा पनि बृद्धि भइरहन्छ । स्वास्थ्यपक्ष बलियो देखिन्छ, तर वर्षान्तमा कण्टक शनिको प्र’भावले पारिवारिक झै’झगडा र कल’हको परिस्थिति सिर्जना गर्नेछ ।

समग्रतामा यो वर्ष उन्नतिकारक वर्ष हो । घरपरिवारमा खुसीको वातावरण देखिनेछ । रो’किएको वा फँ’सेको धन हात पर्नेछ । विदेश वा वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ पाइनेछ । आर्थिक उन्नतिका लागि गरिएको प्रयासमा सफलता पाइनेछ । सङ्गीत, गायन, चित्रकला वा मनोरञ्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । दाजुभाइ र दिदीबहिनीसँग पारस्परिक सम्बन्धमा सौहार्द्रता देखिनेछ । नवीन सम्पत्ति खरीदबिक्रीका लागि उचित समय छ । विद्यार्थीको उच्चशिक्षा वा वैदेशिक प्रयोजनको कामधाममा राम्रो सम्भावना बनेको छ । प्रेमसम्बन्ध र गोप्य सम्बन्धका लागि एकअर्कामा तालमेल र सा’मञ्जस्य कायम हुने समय हो । सन्तानपक्षको उन्नतिको बाटो खुल्नेछ । विरोधी पक्षको दबा’बमा कमी आउनेछ । दाम्पत्य सुखमा बृद्धि हुनेछ । तीर्थस्थलको वा विदेश यात्राको योग छ । व्यवसायिक उन्नतिका साथ व्यक्तित्व विकासको राम्रो योग बनेको छ । परिवारमा सँगै बस्नेका तुलनामा घरबाहिर बस्नेका लागि अझ राम्रो समय देखिन्छ । असार, कार्तिक र फाल्गुन महिना कम’जोर रहनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । यो जीवनको नयाँ आयाम सुरु गर्ने वर्ष हो । विवाह नभएकाहरूको विवाह हुन्छ, छोराछोरी नभएकाले चाहेको सन्तान पाउनेछन्, जागिर छैन भने रोजगारीको नयाँ अवसर प्राप्त हुन्छ अनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने थप जिम्मेबारी र पदप्रतिष्ठा प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ, नोकरीमा कार्यरत व्यक्तिले नयाँ अवसर प्राप्त गर्नेछन् । सरकारमार्फत सम्मान प्राप्त हुनेछ । व्यापारमा नयाँ दिशा प्राप्त हुनेछ । प्राविधिक विषयका विद्यार्थी तथा खेलकुद र साहसी क्रियाकलापमा संलग्न व्यक्तिले पनि राम्रो सफलता प्राप्त गर्नेछन् । अन्य क्षेत्रका शिक्षार्थीका लागि क’डा परिश्रमपछि सफलता पाइनेछ । बन्दव्यापार र दाम्पत्यसुखमा सकारात्मक फल पाइनेछ । प्रेमजीवनमा भने उतार’चढाव आउनेछ, जिम्मेवार बन्न नसक्दा चलिरहेको प्रेमसम्बन्धमा ब्रे’कसमेत हुनसक्छ । धनसम्पत्तिको क्षेत्रमा पनि केही जो’खिम र झ’मेला व्य’होर्नुपर्ने हुन्छ । रकमकलम चो’री हुने ख’तरा छ ।

समग्रतामा कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष शान्तिकारक वर्ष हो । सकारात्मक उद्देश्य र लक्ष्यमा सफलता पाइनेछ । नयाँ जोडी बाँध्न, नवीन रोजगारीका लागि प्रयास गर्न तथा नयाँ सन्तानको योजना बनाउन राम्रो समय छ । पुराना जोडीको जीवनसाथीको स्वास्थ्यस्थितिमा समस्या हुने तथा उता’रचढाव आउने समय रहेकाले कुनै चि’रफारजन्य रो’गको स’म्भावनासमेत देखिन्छ । पतिपत्नीमा विनाकारण म’तभेद र झै’झगडाको परिस्थिति सिर्जना हुनेछ ।

घरायसी वा’दविवाद र झै’झगडाले तना’व बढाउने भएकाले बोलीवचन र व्यवहारमा संयमता अपनाउनु ठीक हुन्छ । विद्यार्थीहरूमा महत्त्वाकाङ्क्षा र अधिक आत्मविश्वासका कारण नि’राश हुने स’म्भावना छ, त्यसैले पढाइमा निरन्तरता र लगनशील बन्नु जरुरी छ । सन्ततिका आचरण र रो’गव्याधिसमेत चिन्ता बढाउने विषय बन्नसक्छन् । कोर्ट’कचहरी र मु’द्दामामिलामा विजय प्राप्त हुनेछ । दाजुभाइ र दिदीबहिनीसँग सहयोग आदानप्रदान हुनसक्छ । जग्गाजमिन, घरघडेरी वा कुनै स्थिर सम्पत्ति जोड्ने योग छ । मातापिताको स्वास्थ्यस्थितिमा उतार’चढाव आउनेछ । व्यवसायीहरूका लागि राम्रो समय रहनेछ, नोकरीमा पनि उन्नति हुनेछ । सामान्यतया जेठ, श्रावण र पौष महिना कमजोर समयका रूपमा देखिएका छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तुला राशि हुने व्यक्तिका लागि यो नयाँ वर्ष २०७९ साल मिश्रित प्रकृतिको समय रहनेछ, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । चुनौतीका बीचमा काममा प्रगति हुनेछ, हाँकेताकेका लक्ष्यको पूर्ति हुनेछ, कार्यक्षेत्रमा परिवर्तन हुने वा नयाँ कामको थालनी हुने सम्भा’वना पनि देखिन्छ । निजी क्षेत्रमा कार्यरत व्यक्तिले भने जति खटे पनि जस पाउन नसक्ने समय हो । बरु घरपरिवारमा अनेकानेक सम’स्याहरू एकपछि अर्को गर्दै देखापर्न सक्छन् । तर आपसी तालमेल जसरी भए पनि कायम रहने तथा धनप्राप्तिमा सहजता रहनाले हरेक समस्या र चुनौतीको सरलताका साथमा सामना गर्न सकिनेछ । दाजुभाइका बीचमा मन’मुटाव बढ्ने तथा र सम्पत्तिसम्बद्ध स’मस्या देखा पर्नेछ । प्रेम सम्बन्धका दृष्टिले राम्रै समय छ । श’त्रु ब’लि’या देखिन्छन्, तथापि विजय तपाईंकै पोल्टामा पर्नसक्छ । शरीर स्वस्थ रहनेछ । पार्टी, भोजभतेर वा माङ्गलिक कर्मको आयोजना गर्नाले थप व्ययभार बढ्नसक्छ । आम्दानीमा कमी आउने समय होइन, तथापि पुरानो ऋणकारोबार मिलाउन हम्मेहम्मे पर्नेछ ।

समग्रतामा बताउँदा यस वर्ष पनि शनिश्चरको अढैया दशाको प्र’भाव रहने समय हो । विगतको सङ्घ’र्षको परिस्थिति यथावत् रहनेछ । मिहिनेत धेरै गर्नुपर्ने तथा प्रतिफल थोरै प्राप्त हुने समय हो । सन्तान र भाइबहिनीका तर्फबाट शुभ समाचार प्राप्त हुनेछ । भूमि, भवन अथवा वाहन लाभको योग बनेको छ, अथवा उक्त क्षेत्रसम्बन्धी काममा उपलब्धी मिल्नेछ । दाम्पत्य जीवनमा ख’ट्पट र कल’हको योग बनेको छ । सार्वजनिक क्षेत्रको काममा प्रतिष्ठा मिल्नेछ । लामो यात्रा वा वैदेशिक प्रयोजनको यात्राको योग बनेको छ । विद्यार्थीले पठनपाठनमा रुचि देखाउनेछन्, कुनै विशेष क्षेत्रमा राम्रो रिजल्ट निकाल्न सक्षम बन्नेछन् । प्रेमस’म्बन्ध दृष्टिले राम्रो समय छ, सिङ्गल हुनुहुन्छ भने समुचित प्रेमप्रस्ताव आउनेछ । कुनै पर्यटकीय स्थलको यात्रा हुनेछ । शत्रुपक्ष बलिया रहेकाले सजगताका साथमा काम गर्नुपर्ने हुन्छ । व्यापार/व्यवसायमा लाभ हुनेछ । आजीविकाको खोजीमा रहेकाले राम्रो स्थान प्राप्त गर्नेछन् । नोकरीमा पदोन्नति र सरुवाको योग बनेको छ । सामान्यतया वैशाख, कार्तिक र माघ महिना कम’जोर रहनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वृश्चिक राशिका लागि यस वर्षले अधिकतम क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चु’नौती र कठि’नाइको साम’नासमेत गर्नुपर्ने हुन्छ । परा’क्रम र प्रति’ष्ठा बृद्धिका लागि परिश्रम गर्नुपर्ने समय हो । सामाजिकता र नेटवर्किङको क्षेत्रबाट लाभ पाइनेछ । तर कतिपय प्रसङ्गमा सङ्घ’र्षको परिस्थितिसमेत बन्नसक्छ । उता अन्तिमका दुई महिनामा कार्यालयमा सहकर्मीसँग मनमु’टाव हुनेछ र मानसम्मानमा दा’ग लाग्ने परिस्थितिसमेत बन्नसक्छ, सचे’त हुनुपर्छ । शिक्षादीक्षाका क्षेत्रमा र विशेषत: छात्रछात्राका लागि यो उत्कृष्ट वर्ष रहनेछ । पारिवारिक जीवनका आधारमा राम्रो समय छ । नयाँ घरघडेरी वा जग्गाजमिन आदि स्थिर सम्पत्तिको जोडजाम हुनेछ । घरमा कुनै शुभ कार्य सम्पन्न हुनेछ । व्यक्तित्व विकास हुनुका साथै घरपरिवारमा माया र प्रेमभाव कायम रहनेछ । प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ । पतिपत्नीको सम्बन्ध पनि मिठासपूर्ण नै रहनेछ । व्यवसायीका लागिसमेत यो अनुकूल वर्ष रहेको छ, कार्यक्षेत्र र बाह्यसम्बन्धमा राम्रो फल पाइने छ, तर सानातिना रो’गले सता’उन सक्ने समय हो ।

समग्रतामा भन्नुपर्दा बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष भनेजस्तो सजिलो रहने छैन । आर्थिक मामि’लामा भोगविलास र सुविधाबृद्धिका लागि खर्च बढ्नेछ । घरायसी, पारम्परिक र बाध्य’ताका खर्चमा ह्वात्तै बृद्धि हुनेछ । आमाको स्वास्थ्यस्थितिमा प्र’ति’कूलता देखिनेछ । लामो दूरीको यात्रा वा विदेश यात्राको योग त बनेको छ, तर ठगी वा जा’लझेलमा पर्ने सम्भावनासमेत रहेको छ । का’नू’नी पक्ष र प्रशासनिक सम’स्याले बन्नै लागेको काममा पनि अ’व’रोध आउने वा विलम्ब आउने लक्षण छ । सन्तानका तर्फबाट चि’न्ता बढ्नेछ । दाजुभाइ र दिदीबहिनीका बीचमा तालमेलमा कमी देखिनेछ । प्रेमसम्बन्धका दृष्टिले पनि राम्रो समय छै’न । वैवाहिक जीवन र घरायसी परिस्थितिमा पनि कम’जोरी देखिन्छ । व्यवसायमा लाभ प्राप्त हुनेछ । जग्गाजमिन, घरघडेरी र स्थिर सम्पत्ति जोड्ने प्रयास सफल हुनेछ । सामाजिक सम्मान र मानप्रतिष्ठामा वि’कार आएको समय हो, अत: धार्मिक वा नैतिक दृष्टिले अशुभ मानिएका कामबाट टाढा रहनु ठीक हुन्छ । सामान्यतया यस वर्षको जेठ, पुस र चैत्र महिना कम’जोर ठहरिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धनु राशिका व्यक्तिहरूमा राम्रो फल प्राप्त हुने समयका रूपमा नववर्ष २०७९ को आगमन भएको छ । सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापारव्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्ने व्यक्तिको उत्तरोत्तर प्रगति हुनेछ । प्रतिस्पर्द्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् । तर कार्यक्षेत्रमा अनेकानेक समस्या र ह’ण्डरठक्कर खे’प्नुपर्ने समय छ । सुरुमा आर्थिक म’न्दी हुने तथा कुटुम्ब र परिवारका सदस्यहरूका बीचमा क’लहको वातावरण बन्ने परिस्थिति देखिए पनि वर्षान्तमा घरपरिवारका वयोवृद्ध व्यक्तिको सामीप्य र सहयोग पाइने तथा उहाँको मार्गदर्शनले घरको वातावरणमा सुधार आउने सङ्केत छ । प्रेमीप्रेमिका र पतिपत्नीको अन्तर्सम्बन्धमा धूमिलता आउनसक्छ, त्यसैले आपसी व्यवहार र आचरणमा अनुशासित हुनु राम्रो हुन्छ । स्वास्थ्यका दृष्टिले पनि बलियो समय छै’न, खुट्टा र आँखासम्बन्धी रो’गको जो’खिम रहेको छ ।

समग्रतामा धनु राशिका व्यक्तिको खुट्टा (पाउ) मा साढेसातीको प्र’भाव रहने वर्ष हो, सं. २०७९ साल । रोजगारीको क्षेत्रमा सामान्य बदलाव आउन सक्छ । चलिरहेको झै’झगडा, वि’वाद वा मु’द्दामामिलामा निकास पाउन त्या’ग गर्नुका साथै मेलमिलापको बाटो अ’ख्तियार गर्नुपर्छ । श’त्रु र प्रति’द्व’न्द्वीले तपाईं’वि’रुद्ध कुनै न कुनै तानाबुना रचिरहेका हुनेछन्, तर पनि हा’नि र परा’जय भो’ग्नु पर्दैन । सन्ततिको उन्नतिप्रगतिका लागि राम्रो समय छ, तर स्वास्थ्यस्थिति र आ’चरणप्रति चनाखो हुनुपर्छ । राज्यपक्षबाट लाभ पाइनेछ । पुरानो कर्जा चुक्ता हुनेछ, वा नयाँ ऋणकारोबारको अनुकूलता मिल्नेछ । फँसेको वा कतै अड्कि’एको रकमकलम हातपार्न सकिनेछ । धार्मिक कृत्यमा खर्च बढ्नेछ । सरकारी र प्रशासनिक सम’स्यामा नउ’ल्झिनु बेस होला, नत्र जे’लनेलको योगसमेत बनेको छ । विद्यार्थी वर्गका लागि सामान्यतया यो वर्ष ठीकैको समय देखिन्छ । स्वास्थ्य पक्षमा समेत उता’र’चढाव आइरहनेछ । नोकरीमा उपलब्धी हासिल हुनेछ, व्यापारी वर्गका निमित्त अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ । सामान्यतया आषाढ, कार्तिक र पौष महिना क’मजोर देखिन्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मकर राशिका लागि यो समय निकै राम्रो रहेको छ । कार्यक्षेत्र र दैनिकीमा केही चु’नौती, बा’धा/अ’ड्चन र झ’मेला त व्य’होर्नुपर्छ, तथापि उन्नतिको पथमा लम्किरहने वातावरण प्राप्त हुनेछ । नोकरीमा पदोन्नतिको योग छ र हाकिम वा अधिकारीबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । रोजगारीको सिलसिलामा विदेश जान सकिन्छ । बन्दव्यापार फस्टा’उनेछ । आम्दानीको मार्गमा सह’जता आउनेछ । ज्ञानगुन र शिक्षादीक्षाको क्षेत्रमा रहेका हरेक व्यक्तिको उद्देश्य सार्थक र फलदायी बन्नेछ । मुख छु’च्चो बन्नेछ, माइती, मावली र ससुराली पक्षको अप्रि’य समाचार सुन्नुपर्ने हुन्छ । प्रेम’स’म्बन्धमा राम्रो रहनेछ, दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बन्दव्यापारमा संलग्न व्यक्तिहरू र निजी क्षेत्रका जागिरेले परिश्रमको पूर्ण फल प्राप्त गर्ने समयावधि हो । स्वयं आँफूलाई तथा घरपरिवारमा कुनै न कुनै रो’गले स’ताइरहने समय हो, वर्षान्तमा आँखाको स’मस्या र र’ग’त सम्बन्धी रो’गले दु:’ख दिनसक्छ, स’चेत हुनुपर्छ ।

समग्रतामा नयाँ वर्ष २०७९ सालमा मकर राशिका व्यक्तिको हृद’यमा शनिको साढेसातीको प्रभाव रहनेछ । मा’नसिक चि’न्तामा बृद्धि हुनेछ । वाद’विवाद र क’लहको वातावरण रहनेछ । निर’र्थक दौड’धूप र भा’गम्भाग गर्ने परिस्थिति छ, भनेजस्तो सफलता नमि’ल्दा थप अस’न्तुष्टि बढ्नेछ । हरेक काममा बा’धा/अ’ड्चन आउने वा दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नेछ । प्रशासनिक समस्या वा कोर्ट’कचहरीको काममा कुनै निकास देखिंदैन । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ, तर सन्तानको चि’न्ताले सता’उनेछ । कुनै नयाँ कामको थालनी गर्ने मनसायमा हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ । नयाँ वाहनको योग बनेको छ । विद्यार्थीले आफ्नो प्रतिष्ठा कायम राख्न थप मिहिनेत गर्नुपर्ने समय हो । धार्मिक, पारम्परिक र व्यवहारिक प्रयोजनका क्षेत्रमा खर्चमा बृद्धि हुनेछ । बन्दव्यापारमा मिश्रित फल प्राप्त हुने समय हो । सामान्यतया यस वर्षको जेठ, पुस र फाल्गुन महिना कम’जोर रहनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष पनि चुनौ’ती र सङ्घ’र्षले भरिएको समय रहनेछ । तर कतिपय विषयमा क’डा मिहिनेत गर्नुका साथै चु’नौती झे’लेर सफलतासमेत पाउन सकिन्छ । जागिरको खोजीमा रहेका व्यक्तिले आफ्नो परिश्रमको मिठो फल चाख्न पाउनेछन् । सेवारत व्यक्तिले बढुवा वा थप जिम्मेबारी पाउन सक्छन् । छात्रछात्राले पनि सङ्घ’र्षका बीचमा सफलता पाउने समय हो, तर विद्यार्थी आफ्नो लक्ष्यबाट बा’हिरिएर बरा’लिने स्थिति उत्पन्न हुनेछ । यद्यपि कला, सङ्गीत र खेलकुदको क्षेत्रमा सफलता पाउनेछन् । पारिवारिक जीवनमा प्रेमभाव रहनेछ । परिवारका सदस्यहरूबीच सद्भाव कायम रहनेछ र एकअर्काको सम्मान पनि हुनेछ । प्रेम’जीवनमा रोमा’न्स बढ्नेछ । व्यापार/व्यवसायका दृष्टिले समय राम्रो छ र वैदेशिक धनार्जनको योग बनेको छ । स्वास्थ्य पनि राम्रो रहनेछ । गोप्य र आन्तरिक रो’गबाट मु’क्ति पाइनेछ ।
समग्रतामा कुम्भ राशिका व्यक्तिका लागि यो वर्षभरि आद्य र मध्य साढेसातीको प्रभाव रहनेछ । दिनचर्याका हरेक आयाममा सङ्घ’र्षको परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा उतार’चढावको सा’मना गर्नुपर्छ ।

स्वास्थ्यसम्बन्धी चि’न्ता बढ्नसक्छ । र’क्त’अल्पता, उ’च्च र’क्तचाप वा कुनै रग’तसित सम्बन्धित रो’गव्याधि छ भने बढी सत’र्कता अपनाउने समय हो, त्यस्तै घरिघरि निरा’शाबोध हुने भएकाले मा’नसिक व्या’कुलता र अशा’न्तिले पनि पिरो’ल्न सक्छ । पारिवारिक र घरायसी स’मस्याहरूका बृद्धि हुनेछ, आर्थिक पक्षमा पनि लापर’बाही नगरेको जाती हुन्छ, किनकि यो व्यवस्थित र सही लेखाजोखाका साथमा रकमको सदुपयोग गर्दा लाभ पाउने समय हो, नत्र ठूलो आर्थिक नोक्सा’नीको जो’खिम बढ्नेछ । आजी’विकाको क्षेत्र र बन्दव्यापारमा थप मिहिनेत गर्दा केही सुधार हुनेछ । स्थिर सम्पत्ति, घरघडेरी वा सेयर बजारमा पूँजी लगाउनु अघि जान्नेबुझ्ने र बुजुर्ग व्यक्तिको सहयोग लिएको ठीक हुन्छ । विद्यार्थीले जति धेरै मिहिनेत गर्यो, उति धेरै सफलता पाउन सक्नेछन् । चो’टपटकको योग बनेको छ, त्यसैले बाटो का’ट्दा वा वाहनादिमा यात्रा गर्दा सा’व’धान रहनुपर्छ । दि’मागलाई गतिशील र शान्त राख्ने प्रयास गर्नुपर्दछ, यसका लागि योग, मेडिटेशन र ध्यानप्रति आकर्षित हुनु ठीक हुन्छ । सामान्यतया श्रावण, मङसिर र चैत्र महिना कम’जोर साबित हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले नयाँ साल २०७९ अत्यन्त सुखद र परिणामदायी वर्षका रूपमा आउँदैछ । यो विद्यार्थीले राम्रो रिजल्ट निकाल्ने समय हो, युवायुवतीको विवाह सम्पन्न हुनेछ, जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन्, गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ, बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । नयाँ जोडीका लागि बेबीप्लान गर्न पनि उत्तम समय छ । व्यापारव्यवसायमा लाभ पाइनेछ । तर छात्रछात्रामा महत्त्वाकाङ्क्षा र ही’नभावको विकास हुनसक्छ, सचेत भएर लक्ष्यप्रति उन्मुख हुनु आवश्यक छ । परिवारमा क’ल’ह र म’नमुटावको वातावरण बन्नेछ, अझ विवाहित जोडीहरूमा कतिपय स्थितिमा वि’वाद र क’लह च’र्कने सम्भा’वनासमेत बनेको छ । माइती, मावली वा चेलीबेटीको घरमा रो’ग, शो’क र भ’यको योग बनेको छ । आफ्नो मुख छु’च्चो बन्ने भएकाले पारिवारिक भेटघाट वा मिलनको समयमा कम बोलेको जाती हुन्छ । यो आर्थिक उपलब्धीकै वर्ष हो, तर पैसालाई सञ्चित गर्न सकिंदैन । बालबच्चाको च’कचक र छुद्रतामा बृद्धि हुनेछ ।

समग्रतामा यो वर्ष अनुकूल र राम्रो समय रहनेछ । आफ्नो सर्कल र नातागोताभित्र सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । बहुप्रतीक्षित उपलब्धीहरू प्राप्त हुनेछन् । सन्तानप्राप्तिको राम्रो योग बनेको छ, भएका सन्तानले पनि आआफ्नो कार्यक्षेत्रमा राम्रो गर्नसक्ने समय हो । घरमा कुनै धार्मिक कृत्यको आयोजना हुनसक्छ । मातापिताको स्वास्थ्यस्थितिमा राम्रो देखिन्छ, कुनै पुराना रो’गव्याधि थिए भने पनि अब त्यसबाट छुटकारा पाउन सकिनेछ । विवाहयोग्य उमेरका व्यक्तिका लागि विवाहका लागि समुचित योग बनेको वर्ष हो । यात्रा, मनोरञ्जन र धार्मिक प्रयोजनका काममा अत्यधिक मात्रामा खर्च बढ्नेछ । बन्दव्यापार र कारोबारमा राम्रो आम्दानी हुने समय हो, व्यापारीको चेहरामा सन्तुष्टि र मुस्कान देखा पर्नेछ, तर नोकरीमा रहेकाहरूले खि’न्नता प्रकट गर्नेछन् । कामधन्धाबाहेक अन्य वैकल्पिक मार्गबाट पनि अतिरिक्त आम्दानी गर्न सकिनेछ । सामाजिक र राजनैतिक गतिविधिमा राम्रो छ, पदप्रतिष्ठाको योग बनेको छ । पतिपत्नीका बीचमा तालमेल कायम हुनेछ । को’र्टकचहरी र मु’द्दामामिलामा विजय प्राप्त हुनेछ । सामान्यतया यस वर्षको आषाढ, आश्विन, पौष र चैत्र महिना कम’जोर रहनेछन् । भिडियो हेर्नुहोस् :-

४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया