शुक्रबार १९ जेठ २०८०

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु ग’ल्ती काम हुने बताएका हुन् ।

उक्त पार्टीहरुलाई मत दिनु भनेको देश बिगार्ने काममा आफूपनि सहभागी हुनु भएको उनले उल्लेख गरे । प्रमुख पार्टीहरुले पटक–पटक मौका पाउँदा खेरीपनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको भन्दै उनले ति पार्टीहरुलाई मत दिएर देश ब’र्बा’द पार्ने काममा सहभागी नहुन जनताहरुलाई आग्रह गरे ।

उनले भनेका छन्, ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनैपनि पार्टी, कुनैपनि नेताले पटक–पटक मौका पाउँदाखेरी पनि जनताले सम्झनेगरी एउटा कुरा छोडेर जान सक्दैन । जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरी साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफुपनि सहभागी हुनु हो । देश बि’गा’र्ने काममा आफुपनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आ’लो’चना गर्न चाहान्न ।’

अध्यक्ष लिङ्देनले थपे, ‘तपाईहरुलाई बुझाउनका लागि मात्रै ती पार्टीहरुको नाम लिन चाहान्छु । अब कांग्रेस, एमाले, माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश ब’र्बा’द गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदाखेरी देखाएनन् । अब फेरी देखाउँछन् कि भन्ने भु’ल गर्नु हुँदैन ।’

त्यस्तै अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अ’घो’षित गठबन्धनको शि’का’र भएको बताए । उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे । उनले भनेका छन्, ‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर रुपमा यो देश केही सीमित राजनीति दल र तिनका पनि केही सीमित नेताको मुठ्ठीमा कै’द भएको छ । देश हामीले बुझ्ने गरी भन्ने हो भने कांग्रेस, एमाले, माओवादीको अ’घो’षित गठबन्धनको शि’का’र भएको छ । यो ३१÷३२ वर्षमा देश पूर्ण रुपले बरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ ।’

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अ’भा’व भएको उल्लेख गर्दै पैसा का’ला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थ’न्किएको आरोप बताएका छन् । उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झु’क्याएर शासन गरिएको बताए ।

उनले भने, ‘आज बैंकमा पैसा छैन भनिन्छ । बैंकले लगानी बन्द गरेको छ । ठुल्ठुला चेकहरु साटिदैन भनिन्छ । के हो यो ? के कुराको संकेत हो ? नोट कहाँ गयो होला ? नोट बैंकमा नहुनुको अर्थ कहाँ गयो होला ? मान्छेहरु भन्छन्, जान्नेहरु भन्छन्, नोट का’ला व्यापारीहरु र ३१ वर्षदेखि यो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जनतालाई कै’द गरेर, झु’क्याएर, शासन गर्ने नेताहरुको घरमा थन्किएको छ भनेर भन्छन् । नत्रभने कहाँ गयो नोट र बैंकमा छैन ? किन बैंकले लगानी गर्न सक्दैन ? यो सामान्य स्थिति होइन ।’

४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया