बिहिबार १८ जेठ २०८०

काठमाडौं / अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक सं’क’टमा परेको छ ।

इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न सक्ने अवस्था छैन।

निगमसँग भएका सबै सञ्चिति कोष रित्तिएपछि आइओसीलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने अवस्था सिर्जना भएको हो । निगमलाई आर्थिक सं’क’टबाट जोगाउन दुईवटा विकल्प रहेको सरोकारवाला बताउँछन् ।

कि सरकारले लागत मूल्यको आधारमा इन्धनको मूल्य बढाउन दिनुपर्छ कि उसले इन्धनमा लगाउँदै आएको कर घटाउनुपर्छ । लागत मूल्यका आधारमा इन्धनको मूल्य बढाउँदा उपभोक्ता चर्को मा’रमा पर्ने भएकाले सरकारले कर घटाएर निगमलाई आर्थिक सं’क’टबाट जोगाउनुपर्छ ।

निगम आर्थिक सं’क’टमा पर्दा आइओसीबाट इन्धन खरिद गर्न कठिन भएर त्यसको मा’र उपभोक्तासम्म पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दा निगमले साढे आठ महिनाको अवधिमा करिब ३३ अर्ब रुपैयाँ नोक्सान बेहोरेको छ । यो खबर आजको नागरिक दै’नि’कमा छ ।

यो अ’र्को समाचार :- नेपाल पनि श्रीलंकाजस्तै आर्थिक समस्यामा फ’स्ने हो कि भन्ने चिन्ता : काठमाडौं । बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ ।

यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फ’स्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यी दुईखाले समस्याको मूल कारणका रूपमा कोभिड महामारीलाई लिइए पनि यसको जड क्रिप्टोकरेन्सी, विटक्वाइन र अवैधानिक हाइपरफन्डलगायतका नेटवर्क बिजनेस रहेको पनि अर्थविद्हरू बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूमा पैसा राख्न र झिक्न पनि गाह्रो भएकाले बैंकहरूमा निक्षेप नगरी घरमै रकम राखिएको भनिएता पनि यसको कारण भने हाइपरफन्डजस्ता फन्डमा अवैधानिक रूपमा पैसा गएकाले हो । रेमिट्यान्स नभित्रिनुमा कारण पनि हाइपरफन्डजस्ता नेटवर्क विजनेसमा गएको लगानीले गर्दा हो ।

भक्तपुरका एक इँटा व्यवसायी भन्छन्, ‘बैंकमा ब्याज नै कम छ, हाइपर फन्डमा १ लाख लगानी ग¥यो भने १ वर्षमा नै साँवाभन्दा बढी ब्याज पाइन्छ ।’

राष्ट्र बैंकले यस्ता लगानी अवैधानिक भने तापनि नेपालबाट दिनकै ५ करोडभन्दा बढी हुन्डीमार्फत र अन्य च्यानलबाट पैसा बाहिर जान थालेको छ । जसले गर्दा पनि बैंकहरूमा निक्षेप बढ्न सकेको छैन । यो खबर आजको राजधानी दैनिकमा छा’पि’एको छ ।

६५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया