बिहिबार १८ जेठ २०८०

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गरेकी हुन् ।

यौ”न हिं’सा’विरुद्धका केही ऐ’नलाई संशोधन गर्ने अध्यादेश– २०७८, फौ’ज’दारी क’सुर तथा फौ’ज’दारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ रहेको छ ।

त्यसैगरी ते’जा’ब तथा अन्य घा’त’क रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८ प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो पनि :- मतपत्र छपाई आजदेखि सुरु हुँदै : काठमाडौं / आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु हुनेभएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि छपाई आजदेखि सुरु हुने बताए ।

उनले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिए। आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।

निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले एक लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ । राजनीतिक दलको आधिकारिक पत्रका आधारमा रु सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिइयो ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको रु तीन हजार, पालिका तहको रु एक हजार तथा वडाको रु ५०० तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ ।

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको सो अवसरमा जानकारी दिइयो ।

८९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया