शुक्रबार १९ जेठ २०८०

धनुषा / धनुषामा एक ४ वर्षीया बालिकालाई अप’ह’रण गरी बालिकाको परिवारसँग पन्ध्र लाख फि’रौ’ती रकम माग्ने गि’रो’हलाई प्रहरीले प’क्रा’उ गरी सार्वजनिक गरेको छ ।

प’क्रा’उ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका–३ का २१ वर्षीय अरविन्द मुखिया, जनकपुरधाम उप–महानगपालिका–१ का २१ वर्षीय रविकुमार दास र कमला नगरपालिका–८ हाल जनकपुर उप–महानगरपालिका–१६ घरभाडा गरी बस्दै आएका २० वर्षीय अभिषेकचन्द्र दास रहेका छन् ।

सुरुमा प्रहरीले घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको थियो। पछि अनुसन्धानको क्रममा चार जनाको अ’प’हरणमा सं’ल’ग्नता न’देखेपछि छाडेको र तीन जनामाथि अ’प’हरण तथा श’रीर ब’न्ध’क मु’द्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भैइरहेको धनुषाका प्रहरीले बताए ।

धनुषाकै कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अ’प’हरण ग’रे’को आरोप छ। तर बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई प्रहरीले २४ घण्टाभित्रै शुक्रबार साँझ सकुशल उ’द्धा’र गरेको थियो ।

प्रहरीका अनुसार अ’प’हरण गरेको भोलिपल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरूले भनेका थिए, ‘हामी तिम्रो छोरी अ’प’हरण गरी लिएर आएका छौं । सकुशल चाहिने भए १५ लाख छिटो बुझाऊ, नत्र तिम्रो छोरीलाई मा’रेर फा’ल्दिन्छौं’ ।’

प्रहरीका अनुसार तीन अभियुक्तमध्ये अभिषेकचन्द्र पनि बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोकस्थित घरमै डेरामा बस्थे । उनकै योजनामा विद्यालयबाट फर्केपछि बा’लि’काको अ’पह’रण भएको प्रहरीले जानेको छ ।

सोही दिन प्रहरीले अ’पह’रणमा सं’ल’ग्न आरोपमा अभिषेक दाससहित ७ जनालाई प’क्रा’उ गरेको थियो । तर प्रारम्भिक अनुसन्धानका क्रममा ७ मध्ये ४ जना घटनामा सं लग्न नदेखिएको भन्दै प्रहरीले छाडेको हो । बाँकी ३ जनालाई अ’प’हरण तथा शरीर बन्धक मु’द्दामा म्या’द थप गरी अनुसन्धान अगाडि बढाइएको धनुषा जिल्ला प्रहरी जानकारी दिएका छन । ई’ताजा खबर बा’ट ।

५६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया