
जनकपुरधाम/ आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतलाई डेढ लाख घु’ससहित रंगेहा’त प’क्राउ गरिएको छ ।
बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घु’स लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाललाई रंगेहा’त प’क्राउ गरेको हो ।
कर अधिकृत ढकाल र बिचौ’लिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घु’स लिँदै गर्दा प’क्राउ गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घु’स लिएका हुन् ।
हाल प’क्राउ परेका दुवै जनावि’रुद्ध थप अनुस’न्धान भइरहेको अख्तियारले जनाएको छ ।