बुधबार २४ जेठ २०८०

काठमाडौं, चैत १६ / झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार आजबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको उक्त तरकारी बजारको अहिले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२ अर्ब लागतमा निमार्ण दाबी गरिएको उक्त तरकारी बजारको नाम ‘सूर्यविनायक हरित कृषि थोक बजार’ नामाकारण गरिएको छ । करिव ३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजारभित्र साढे सात सय स्टलहरु रहेका छन् ।

भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको हो । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गर्नुभएको हो ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।

चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ ।

‘म जे गर्छु नेपालमै गर्छु । नेपालीका लागि गर्छु’ भन्ने स्लोगन लिएर लागी परेका प्रसाई चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका दुर्गा प्रसाईँ एमाले उद्योग विभाग उपप्रमुखसमेत हुन् । उनी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा संचालक समेत हुन् ।

३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया