बिहिबार १६ आषाढ २०७९

काठमाडौं/ काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमा’रीमा संलग्न महिलाको गि’रोह पक्राउ परेको छ ।

काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमा’र प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा काठमाडौँ गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरा’मद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई प’केट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

यो उनीहरू त्यस दिनको मात्र पकेट मा’रेको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समा’तेका हौँ” प्रहरी प्रभाग कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमा’र गर्दै आएको बयान दिएका छन्।

उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चो’री, पकेट मा’र्ने तथा ठ’ग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठ’गी तथा लु’टपा’ट गर्ने कार्यमा संलग्न थिए ।

“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पके’टबाट पै’सा झि’क्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।

उनीहर पेशेवर रुपमै ठ’गी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजि’किने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठ’गी समेत गरेका थिए ।

४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया