आइतबार २१ जेठ २०८०

गुल्मी, १२ चैत्र / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सिर्जना भएको आ’रो’प लगाएका छन् ।

केपीले पार्टी निर्माणमा योगदानभन्दा गु’ट र गु’ण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन । कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’

नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा केपी पार्टीलाई धुलो चटाउने बताएका छन् । एकीकृत समाजवादी पार्टी गुल्मीका कार्यकर्ताहरुको सोही भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन गरेर सबै पालिकाबाट केपी पार्टी र प्रवृत्तिलाई धु’लो च’टा’उने गरी केन्द्रीय तहमा काम भइरहेको बताए।

कहिल्यै, कसैले प’रा’जित गर्न नसक्ने घमन्ड बोकेको ओली र ओली प्रवृति अदालत, संसद् र प्रदेशबाट अन्त्य हुँदै आएको भन्दै उनले अब तीनै तहका चुनावको माध्यमबाट ना’मे’ट बनाउनुपर्नेमा जोड दिए। गुल्मी जिल्लास्तरीय सत्तागठबन्धका नेतासँग पनि आफ्नो छलफल भएकाले मिलेर एमाले र केपी प्रवृत्तिका विरुद्ध ल’ड्न उनले सबै कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नेपालले केपीले पार्टी, विधि, पद्धतिसँगै राष्ट्र र राष्ट्रियता बिर्सेर गुटका आधारमा विदेशी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूहरूले पार्टीभित्रबाट चुनौतीपूर्ण वि’द्रो’ह गरेको जिकिर गरे ।

७३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया