
एजेन्सी, १२ चैत्र / उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका छन् । सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट उनले उक्त निर्णय गरेका हुन् ।
अब आगामी तीन महिना उत्तर प्रदेशको कुल जनसंख्यामध्ये १५ करोड जनताले सित्तैमा राशन पाउनेछन् ।
निःशुल्क राशनमा प्रति व्यक्ति हरेक महिना ५ केजी चामल वा गहुँ, एक केजी दाल प्रति परिवार, एक लिटर खाने तेल, एक केजी चिनी र नुन रहेको छ । निःशुल्क राशन विपन्न आर्थिक अवस्थाका जनताका लागि दिइने व्यवस्था गरिएको छ । यो योजना सन् २०२४ सम्म जानसक्ने बताइएको छ ।
यो अर्को समाचार :- मेलम्ची र इन्द्रावतीका चार सय ९५ घरधुरीमा धारा सञ्चालनमा : सिन्धुपाल्चोक, १२ चैत / फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।
नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् ।
नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए ।
भीमटारको १९५ घरमा पुग्यो पानीको धारा
खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारका १९५ घरधुरीमा खानेपानीको धारा उपलब्ध गराइएको छ । रु ३७ लाखको लागतमा ८२ घनमिटरको ट्याङ्की बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएको बताए । रासस