
काठमाडौं / काठमाडौंमा आयोजना हुने एउटा सांगीतिक कार्यक्रमको लागि आउन लागेका बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।
जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।
ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।
सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।
सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ ।
आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’का लागि सुपरस्टार सलमानले चार करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका हुन् । कार्यक्रमका आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान खानसहितका बलिउड कलाकारले पारिश्रमिकवापत् मात्रै नौ करोड ६० लाख रुपैयाँ लैजानेछन् ।
उक्त कार्यक्रमका लागि सुपरस्टार सलमान खानसहित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डेज तथा प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मालगायत नेपाल आउने भएका छन् ।
सुपरस्टार सलमानका भाई सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट र ओडीसीको सहकार्यमा हुने उक्त कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहने जानकारी गराइएको छ । त्यसोत, बुधबार मात्रै भएको पर्यटनमन्त्री प्रेम आलेसँगको भर्चुअल संवादमा सुपरस्टार खानले नेपाल आउन आफू धेरै नै उत्साहित रहेको बताएका थिए ।