
तनहुँ / नाबालिग गायिका क’र णी अभि’योगमा मु’द्दा दर्ता भएपछि जिल्ला अ’दालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरा’सतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मु’द्दा दर्ता गराएको थियोे ।
३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिए । ‘सरकारी वकिलको कार्यालयले आजै मु’द्दा दर्ता गरेकाे थियो । अभियुक्तहरूको बयान लिने काम भइरहेकाे छ,’ उनले भने । दुवै पक्षका का’नु न व्यवसायी बयानमा उपस्थित छन् ।
जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन् । उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी प’क्षका का’नु न व्यवसायीबीच बहस चल्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थु’नछेक आ’देश हुने उनले बताए । ‘प्रमाण पुगेको खण्डमा पुर्प’क्षका लागि थु’नामा पठाइन्छ । प्रमाण पुगेन भने धरौ’टीमा रि’हा हुन्छ,’ उनले जानकारी दिए ।
१२ देखि १४ वर्षको कै’द स’जाय मा’ग गर्दैै जिल्ला अदा’लत तनहुँमा मु’द्दा द’र्ता भएकाे जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा मु’द्दा दर्ता गराएको शर्माले उल्लेख गरे । ‘पी’डित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कै’द सजा’यको र मनासिब क्ष’तिपुर्ति माग राख्दै मु’द्दा दर्ता भएको हो,’ उनले स्पष्ट पारे ।
जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि आधा सजा’यको मा’ग राख्दै मु’द्दा दर्ता गरिएको छ । जोशी म’तियार भएकाले शाहलाई हुने सजायको आधा स’जाय मा’गसहित मु’द्दा दर्ता गरेको उनले बताए ।
बाल गायिकालाई कर णी गरेको जा’हेरी तनहुँ प्रहरीमा परेपछि उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । ११ फागुनमा नाबालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दिएका थिए । सुरुमा बालिकाको परिवार कास्की प्रह’रीमा उजुरी दिन पुगेको थियो । तर, अन्तिम पटक घट’ना तनहुँमा घ’टना भएको भन्दै कास्की प्रहरीले बालि’काको परिवारलाई तनहुँ पठायो । पलविरुद्ध दिएको जाहे’रीमा अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा क’र णी भएको उल्लेख छ ।
जा’हे री दिएपछि १५ फागुनमा पलले जिल्ला प्रहरी कार्यालय तनहुँमा अ’त्मा’समर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिन म्याद दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा गत विहीबार सकिएको थियो । विहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो । उनका म्यानेजर जोशीमाथि पनि २७ फागुनमा दमौलीबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको थियो ।