
सोमबार भोलनाथलाई समर्पित छ । यस दिन महादेवको कृपा प्राप्त गर्न र उहाँलाई प्रसन्न पार्न ठूलो संख्यामा भक्तजनहरूले पूर्ण भक्तिपूर्वक पूजा र व्रत बस्छन् । यस दिन व्रत र पूजा गर्नाले महादेव प्रसन्न भई भक्तजनको समस्त क’ष्ट दूर हुने जनाइएको छ । महाकालको आराधना गर्ने भक्तले भयरहित र रोगमुक्त जीवन बिताउछ र अका’ल मृ’त्युको भ’य भो’ग्दैन ।
भगवान शिवको चमत्कारी र सबैभन्दा प्रिय मन्त्र महामतुञ्जय मन्त्रको सोमबार जप गर्दा शिव धेरै प्रशन्न हुन्छ। यो मन्त्र सबैभन्दा शक्तिशाली मन्त्र मध्ये एक हो। शिव पुराणका अनुसार महामृत्युञ्जय मन्त्रको जप गर्दा संसारका सबै सं’कटबाट मुक्ति मिल्छ। यससँगै व्यक्तिको जीवनमा सकारात्मकता आउँछ । आउनुहोस् महामृत्युञ्जय मन्त्रको अर्थ र यसका फाइदाहरू बारे जानौं ।
महामृत्युंजय मंत्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात् ॥
महामृत्युञ्जय मन्त्रको नेपाली अर्थ :
यसको अर्थ हामीले त्रिनेत्रको पूजा गर्छौं । भगवान शिव सुगन्धित हुनुहुन्छ र हामीलाई पोषण गर्नुहुन्छ । जसरी फलले हाँगाको बन्ध’नबाट मुक्त हुन्छ, त्यसरी नै हामी पनि मृ’त्यु र अनन्तताबाट मुक्त होऔं ।
महामृत्युञ्जय मन्त्रको जप कहिले र कसरी गर्ने ?
धार्मिक ग्रन्थका अनुसार दैनिक बिहान ४ बजे वा कार्यालय जानुअघि महामृत्युञ्जय मन्त्रको जप गर्नु उत्तम हुन्छ । यो मन्त्रको जप गर्नाले व्यक्तिको नकारात्मकता नष्ट हुने विश्वास छ । शिव पुराणमा भनिएको छ कि यो मन्त्रको १०८ पटक जप गर्नाले व्यक्तिलाई अधिकतम लाभ हुन्छ ।
महामृत्युंजय मन्त्र को लाभ
ड’रबाट मुक्ति पाउन ११ सय मन्त्रको जप गर्नुपर्ने धार्मिक मान्यता छ । – रोगबाट छुटकारा पाउन ११ हजार मन्त्रको जप गर्नुहोस् । साथै पुत्र प्राप्ति, जीवनमा उन्नति र अकाल मृ’त्युबाट बच्न १ लाख २५ हजार मन्त्रको जप गर्नु शुभ मानिन्छ ।
यदि यो संख्याको मन्त्र जप गर्न सम्भव छैन भने मन्त्रको १०८ पटक जप पनि गर्न सकिन्छ । – यहाँ प्रदान गरिएको जानकारी केवल धार्मिक परम्परा, विज्ञहरुको अनुमान र जानकारीमा आधारित छ ।
थाहा पाउनु’होस्, यस कारण गरिन्छ शिवलिंगको पूजा : हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिं’ग भनेको शक्ति हो । त्यसलैले उत्पादक श’क्तिको चिन्हको रुपमा लिं’गको पूजा गर्ने गरिन्छ ।
लिं’गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊ’र्जाले बनेको हो भन्ने इंगित गर्दछ ।
लिं’ग पुजा गर्नुका केही कारण यस्ता छन्
शिवलिंग मान्यताको अनुसार, लिं’ग एउटा बिशाल लौकिक अ’न्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो । शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।
शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच वि’वाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दा’वी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दा’वी गरे । त्यसपछि त्यहाँ एक विशाल लिं’ग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लि’ङ्गको समा’प्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ ।
दुवै जना वि’परित दिशामा शिवलिंगको समा’प्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समा’प्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् । शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ । नमस्ते नेपाल बा’ट ।