बुधबार २४ जेठ २०८०

काठमाडौं, ५ चैत्र / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आली र महाभारतको दुर्योधनमा कुनै फरक नरहेको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीले आफ्नै दम्भका कारण बहुमतको सरकारबाट बाहिरिनु परेको पनि टिप्पणी गरे ।

आज (शनिबार) गौरीशंकर छो–रोल्पा मिडिया प्रा.ली.को दोश्रो वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले पनि केपी ओलीले स्थानीय तहमा ६० प्रतिशत जित्छु भनेर घमण्ड गरेको छ, यो घमण्ड मलाई कस्तो लाग्छ भने, महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओली, दुईटैलाई दाँज्यो भने अहंकारमा कुनै कमी छैन् । महाभारतको दुर्योधन र एमालेको केपी ओलीमा कुनै फरक छैन् । तपाईँहरु दाज्नुहोस ।’

यो पनि :- आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल । काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । शनिबार पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन् ।

त्यस्तै उनले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । ऐ’न उलंघन हुँदा एउटा नागरिकले जे’लमा कै’दीको रुपमा जीवन विताउनुपर्ने तर, संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै उनले नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट स’जा य दिनुपर्ने बताए ।

नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने टिप्पणी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘संविधानका प्रावधानहरुको विरुद्ध गएर संसद विघटन गर्ने योजना बनाए । यो अर्को दक्षिणपन्थी अवसरवाद हो । दक्षिणपन्थी भडकावको कुरा हो । अपराधको कुरा पनि हो त्यो । संविधान कसैले उलंघन गर्दाखेरी एउटा सामान्य ऐन उलंघन गर्दाखेरी मान्छे जेल जान्छ । तर संविधान नै उलंघन गर्ने मान्छेलाई खै सजाय अहिलेसम्म ? त्यसकारणले कमरेडहरु, अव सजाय दिने बेला आएको छ ।’

खनालले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच खासखास ठाउँमा मात्रै चुनावी तालमेल हुने भन्दै आफ्नै खुट्टामा उभिएर निर्वाचनमा विजयी हुने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । भिडियो हेर्नुहोस :

१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया