बुधबार २४ जेठ २०८०

काठमाडौ / नेपालकै एउटा ठाउँ यस्तो छ जहाँ राज्यले घोषणा गरेको निर्वाचनको कुनै मतलब हुँदैन । गाउँलेहरु मिलेर आफै जनप्रतिनिधि चुन्छन् । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले निर्वाचन हुनु अघि नै जनप्रतिधि चुनेका छन् । वडाध्यक्ष र सदस्यहरु निर्वाचित भइसकेका छन् भने अब अध्यक्ष र उपाध्यक्षको मात्र निर्वाचन हुनेछ ।

सरकारले आगामी वैशाख ३० गते निर्वाचनको घोषणा गरेको छ । तर हुम्लामा भने जनप्रतिनिधि चुनिइसकेका हुन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले बैठक बसेर जनप्रतिनिधि चुनेका हुन् । उनीहरुले मंसिरमै जनप्रतिनिधि चुनेका हुन् । त्यसका लागि गएको मंसिर ३० गते बैठक बसेको थियो ।

यो गाउँमा सदियौं देखि आफ्नै नीति नियम लागू हुँदै आएको छ । सो गाउँको गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन् । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् । त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।

वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाण्डौसम्म नै पुगेका थिए ।

पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ पुगेका थिए । उनकै पहलमा गाउँमा चामल पुगेको थियो । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । उज्यालोको सहयोगमा ई’ताजा खबर बा’ट ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया