शुक्रबार ०५ कार्तिक २०७८

काठमाडौं/ सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफो’डलाई गुण्डाग’र्दी र अराज’कताको संज्ञा दिँदै घटनामा संलग्नहरुलाई अविलम्ब कार’बाही गरिनुपर्ने माग गरेका छन् ।

घ’टनामा संलग्नहरुलाई कार’बाही नगरिए उक्त घ’ट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाइ छ । घ’ट्नाको निन्दा गर्दै (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् ।

घ’ट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराइसकेको रावलले जनाए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए ।

उनले भने, ‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गु’ण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्र’मण गरे । म यो घ’ट्नाको नि’न्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

रावलले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए ।

उनले भने, ‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढीनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने ष’ड्यन्त्र भैरहेको छ ।

विगतमा जे–जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’

रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए । उनले भने, ‘त्यो बैठकबाट निर्देशन आउला । विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ ।

तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तो’ड’फो’ड गर्ने काम भयो ।

हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाईएको थियो । पाँच वटा कुर्सी भाँ’चेका छन् । म संयोजक थिएँ, मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ । म संयोजक हुँ । एमालेले सुदूरुपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हाँसिल गर्यो ।’

उनले कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे । उनले भने, ‘तर, आज त्यहाँ गु’ण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साईनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो । तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्र’मण गरियो । म निन्दा गर्छु ।

यो गतिविधिले नेकपा एमालेलाई पनि फुटा’उने कतै षड्यन्त्र गरिएको होईन? यो अत्यन्तै षड्य’न्त्रमूलक, गु’ण्डागर्दी शैली हो । म भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कार’बाही गरिएन भने सरकार संरक्षित गु’ण्डागर्दी हो भनेर बुझ्नु्पर्छ ।

म सशक्त आवाज उठाउन एमाले पक्तिलाई आग्रह गर्छु ।’ उनले यसरी नै गु’ण्डागर्दी, अराजकता लैजानै, मनपरीतन्त्र गर्ने हो भने आफूहरुलेपनि सशक्त प्रति’वाद गर्ने चेतावनी दिएका छन् ।

उनले सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि जनाए । उनले भने, ‘हिजो मैले ऋषि धमलाजीको अन्तर्वार्तामै भनेको छु । एमालेलाई बलियो बनाउने कुरा गरेको थिएँ । सुदूरपश्चिम प्रदेशको म नै संयोजक थिए । गु’ण्डागर्दी कर्ण थापाबाट भएको हो ।’

अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे ।

उनले भने, ‘गु’ण्डागर्दी गरेर ध’म्कीले कसैको साइनबोर्ड तो’डेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु । हाम्रो सुरक्षा हामी आँफै गर्छौं भनेको छु । हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु । कम्युनिष्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ । एमालेलाई पनि चक’नाचुर गर्छौं भन्ने हो भने बेग्लै कुरा हो । यस्ता काम बन्द गर्नुपर्छ । यसमा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्छ ।’

उनले आफू नेकपा एमालेको नवौं महाधिवेशनबाट सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष जितेको व्यक्ति भएको सुनाए । सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर पूर्वको जिल्लाहरुको बारेमा पनि त्यस्तै अरा’जक गतिविधि भैरहेको सुनेको उल्लेख गरे ।

उनले भने, ‘मसँग अहिले यकिन जानकारी छैन् । तर, बाग्मती प्रदेशको एक जिल्लामा र प्रदेश एकको दुई जिल्लामा पनि त्यस्तै भएको छ ।’ उनले एमालेका हजारौं कार्यकर्ताहरु एकताको पक्षमा रहेको सुनाए । उनीहरु कम्युनिष्ट आन्दोलन जोगाउने पक्षमा रहेको रावलको भनाई छ ।

उनले भने, ‘तर, पार्टीमा यस्तो गु’ण्डागर्दी शैली अपनाउने, उच्श्रृं’खल शैली गर्नेको म घोर भत्र्सना गर्छु । म आम नेता तथा कार्यकर्तालाई त्यस्ता व्यक्ति चिन्न, सचेत हुन आग्रह गर्छु । आवश्यक परे आवाज उठाउन आग्रह गर्छु ।’

रावलले घ’ट्ना भएलगत्तै आफूले एमाले महासचिवलाई फोन गरेर घट्नाबारे जानकारी गराएको सुनाए । उनले भने, ‘म पार्टी कमिटीमा कुरा राख्छु । म नीति, पद्धती, विधिमा विश्वास गर्छु ।’

उनले विगतमा पनि पार्टी फुटा’उन यस्ता तत्व लागेका हुन् कि भन्ने आशंक पुष्टि भएको सुनाए । उनले भने, ‘उनीहरुले आफ्नो चरित्र देखाए । नेकपा एमालेले अब ती तत्व चिन्नुपर्छ । कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कु’टा’कु’ट भएको छ ।

प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यक’र्ताबीच कु’टा’कु’ट भएको हो ।

६३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया