
काठमाडौं, चैत १ गते / राप्रपाका प्रवत्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसको नाम अब मग’न्ते कांग्रेस राख्न सुझाब दिएका छन् । राप्रपाले बर्दियामा आयोजना गरेको बिशाल सभामा बोल्दै शाहीले कांग्रेसलाई मग’न्तेको संज्ञा दिएका हुन् ।
शाहीले कांग्रेस यो मुलुकको मगन्ते पार्टी रहेको र उसले अलिकति पैसाको लोभमा परेर बताएका हुन् । एमसीसी सम्झौता पास कांग्रेस र यसका नेताहरुले मुख्य भूमिका खेलेको भन्दै कांग्रेस प्रति आक्रा’मक भएका हुन् ।
एमसीसी पास हुने बेला कांग्रेसका माहामन्त्री गगन थापाले बोलेको अभिव्यक्तिलाई व्यं’ग्य गर्दै शाहीले भने – “गगन थापा ज्यु, अब चुनाबमा भोट मा’ग्न जाँदा भन्नुस – हामीलाई सत्तामा पुर्याउनुस, चाइना संग ७० अर्ब, अमेरिकासंग ६० अर्ब र भारत संग ८० अर्ब मा’ग्छौं र यो मुलुक बे’च्छौं ।“
चुनावी ‘भाषण’ बन्दै एमसीसी :- सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दल हरुका लागि चुनावी ‘भाषण’को थप नयाँ विषय बन्दै गएको छ ।
सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् ।
एमसीसी संसद्बाट पारित गर्ने नगर्ने विषयमा सत्तारूढ दलहरू लामो समयसम्म विभाजित बनेका थिए भने प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेकपा एमालेले एमसीसीमा मौन समर्थन गरेको थियो । यतिबेला भने दलका नेताहरू सोही विषयमा जनताबीच चुनावी कार्यक्रममा गएर र सामाजिक सञ्जालमार्फत फेरि बोल्न थालेका छन् ।
नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन केन्द्रित विशेष अभियान सञ्चालनका क्रममा छ । कांग्रेसले २९ फागुनबाट २९ चैतसम्म एकमहिने चुनावी अभियान नै घोषणा गरेर गाउँ पसिसकेको छ । उसले एमसीसीका विषयमा जनताबीच छरिएका भ्र’मलाई अभियानमार्फत नै चि’र्ने नीति लिएको छ ।
सोही क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटमा आयोजित पार्टीको कार्यक्रममा एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिलाई लिएर बोलेका छन् । राजधानी दैनि’कबाट ।